डा. केसीको स्वास्थ्य अवस्था खतरामा

इलाम, माघ ३ । सोहौं सत्याग्रहमा बसेका डा. गोबिन्द केसीको स्वास्थ्य उपचारका लागि बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानबाट छ जना चिकित्सकको टोली बुधबार इलाम आएको छ ।

 

प्रतिष्ठानका अस्पताल सहायक निर्देशक डा. बिकास शाहको नेतृत्वमा साँझ इलाम आइपुगेको टोलीले डा. केसीको स्वास्थ्य परीक्षण गरेको छ । परीक्षण पछि पत्रकारलाई जानकारी गराउँदै डा. बिकास शाहले डाक्टर केसीको अवस्था गम्भिर बनेकोले उहांको ज्यान खतरामा रहेको बताए । उनलाई कुनैपनि समयमा जे पनि हुनसक्ने उनले बताए ।

 

मुटु, घाँटी, पेट, टाउको लगायत सबैमा समस्या देखिएको र अवस्था एकदमै गम्भिर बनिसकेको डा. शाहले जानकारी दिए । ‘इमरजेन्सीका लागि आवश्यक सम्पूर्ण सामानहरु ल्याएका छौं’ उनले भने– ‘त्यो केही घण्टाका लागिमात्र भएकाले डा। केसीलाई तत्काल सुबिधासम्पन्न अस्पतालमा लगि सिसियू तथा आइसियूमा उपचार गराउनु पर्दछ ।’

 

डा। केसीले भने इलाम छाडेर कहीँ नजाने अडान लिएका छन् ।  डा. केसीको स्वास्थ्य अवस्था बुझन र उनको स्वास्थ्य परीक्षणका लागि डा। शाहको नेतृत्वमा सातजना चिकित्सक इलाम आएका थिए । नेपाल समाचारपत्रबाट