फेसबुकमा नयाँ चुनौती: फोहोर सफा गरौं, फोटो पोस्ट गरौं

काठमाडौं,फागुन ३०। फेसबुकजस्ता सामाजिक सञ्जालले कहिलेकाहीँ हामीलाई सामाजिक कार्यमा लाग्न प्रेरित गर्छ। त्यस्तै एउटा सामाजिक अभियान अहिले चर्चामा छ। त्यो अभियान हो। ट्रयासट्याग च्यालेन्ज। अर्थात् सार्वजनिक ठाउँमा थुप्रिएका फोहोर मैला सफा गर्ने, फोटो खिच्ने र सामाजिक सञ्जालमा सेयर गरेर अरूलाई पनि त्यस्तै काम गर्न प्रेरित गर्ने। तपाईं पनि सामाजिक सञ्जालमा फोटो पोस्ट गरेर चर्चा बटुल्न चाहनुहुन्छ भने ढिला नगर्नुस्।

आफ्नो वरिपरि कहाँ फोहोरमैला थुप्रिएको छ खोज्नुहोस् फोटो खिच्नुहोस्। त्यसपछि मास्कले नाक-मुख छोप्नुहोस्। पञ्जा लगाउनुहोस्। अनि सबै फोहोरमैला बोरामा कोचेर त्योठाउँ झाडूले चिरिचट्ट पार्नुहोस्। त्यसपछि के गर्ने त भन्नै परेन। एउटै ठाउँको दुइटा छुट्टाछुट्टै फोटो ९फोहोरसहित र सफा गरेपछि० फेसबुक लगायत सामाजिक सञ्जालमा हाल्नुहोस्। साथमा लेख्नुहोस्ट्र -यासट्याग च्यालेन्ज कम्प्लिटेड।

 

अर्थात्, फोहोर सफाइ चुनौती पूरा भयो। तपाईंको यो पोस्टले मनग्य लाइक र थुप्रै राम्रा-राम्रा प्रतिक्रिया त पाउँछ नै, सँगसँगै अरूलाई त्यसरी नै फोहोरमैला सफा गर्ने चुनौती पनि दिनेछ। ऊ तपाईंले जस्तै आफू वरिपरिको फोहोरमैला सफा गरेर फेसबुकमा पोस्ट गर्नेछ र अरूलाई चुनौती दिनेछ। सामाजिक सञ्जालमा यस्ता चुनौती अक्सर चलिरहन्छन्। ती धेरैजसो मनोरञ्जनात्मक हुन्छन्।

 

केही समयअघि बाल्टिनभरि बरफ जम्मा गरेर आफ्नो जीउमा खन्याउने चुनौती लोकप्रिय थियो। बाल्टिनभरि राहत सामग्री जम्मागरेर अत्यावश्यक समूहको उद्धारमा जाने चुनौती पनि एकताक खुब चल्यो। यसबाहेक गुड्दागुड्दैको कारबाट ओर्लेर नाच्ने, कुनै खानेकुरा कपाकप खानेजस्ता मनोरञ्जनात्मक खेल पनि सामाजिक सञ्जालमा छाएको हुन्छ। यस्ता चुनौतीमा लाखौं प्रयोगकर्ताले भाग लिन्छन्।

 

चुनौती स्वीकारेर फोटो वा भिडियो पोस्ट गर्छन्। लाइक र कमेन्टको ओइरो लाग्छ। ३ट्रयासट्याग अर्थात् फोहोर मैला सफा गर्ने चुनौती भने अरू भन्दा पृथक छ।यो आफ्नो टोल र सहरबजार सफा राख्ने अभियानसँग जोडिएको छ। पछिल्लो समय यो चुनौती स्वीका रेका धेरै युवाले सामाजिक सञ्जालमा सफाइका तस्बिर राखेका छन्। यसले धेरैलाई प्रेरणा मिलेको छ। चुनौतीमा भाग लिनेले धन्यवाद पाइरहेका छन्।

 

इन्स्टाग्राममा मात्र यो चुनौतीका २५ हजारभन्दा बढी तस्बिर पोस्ट भएको बिबिसीले जनाएको छ। फोहोरले भरिएका सार्वजनिक स्थान, पार्क, समुद्र वा खोला किनार, यात्रु प्रतीक्षालय, बस स्टप, सडक लगायत सार्वजनिक ठाउँ सफा हुँदै छन्। सरसफाइको चेतना पनि फैलिँदै छ। खासगरी काठमाडौं जस्तो फोहोर मैलाको समस्या रहेको सहरमा यो अभियानले युवा जमातलाई सरसफाइमा लाग्न प्रेरित गर्ने अपेक्षा छ।

 

तपाईं काठमाडौंमा हुनुहुन्छ भने यो चुनौती सकार्न खासै गाह्रो पनि छैन। यहाँ टोल-टोलमा, चोक-चोकमा दिनैपिच्छे फोहोरमैलाको डंगुर लागेको देखिन्छ। महानगरको आँखा नपरेको त्यो डंगुरमा तपाईंको आँखा पर्यो भने एकपन्त दो काज। सहर सफाइ पनि, फेस बुकमा चर्चा पनि। अझ महानगरले पनि सहकार्य गर्ने हो भने त सुनमा सुगन्ध।

 

३ट्रयासट्याग चुनौतीको निम्ति जम्मा गरिएको फोहोरमैला कहाँ लगेर व्यवस्थापन गर्ने भन्ने प्रश्न उठ्न सक्छ। यस्तोमा महानगरले बोरामा जम्मा गरिएका फोहोरमैला व्यवस्थापनमा सघाउन सक्छ। सहर सफाइको उद्देश्य बोकेको यो अभियानले अन्तर्राष्ट्रिय सञ्चार माध्यम हरूमा राम्रै चर्चा पाउन थालेको छ। यसलाई अहिलेसम्म सामाजिक सञ्जालमा चलेका चुनौतीमध्ये सबभन्दा राम्रो मानिएको छ।

 

यो अरूजस्तो जोखिमयुक्त वा प्रभाव विहीन छैन। यसले वरपरको ठाउँ सफा राख्न प्रेरित गर्छ। यो चुनौती भर्खर मात्र फैलिएको भने होइन। सन् २०१५ मै ‘युसिओ गियर’ कम्पनीले यस्तै अभियान सुरू गरेको थियो। त्यति बेला यसको कुनै चर्चा थिएन । गत साता फेसबुकमा एउटा फोटो पोस्ट भयो। उक्त फोटोमा एक जना युवक फोहोरको डंगुरअगाडि कुर्सीमा बसेका छन्।

 

अर्को फोटोमा उनी सबै फोहोर बोरामा हालेर उभिएका छन्। त्यसमा लेखिएको छ। ‘अल्छी लागेर बसेका टिनएजर हरूका लागि नयाँ चुनौती ।’ यो पोस्टले युसिओ गियर कम्पनीको अभियानलाई नयाँ जीवन दियो। ट्रयासट्याग इन्टरनेटमा छायो। युवाहरू चुनौती स्वीकार्न डराउँदैनन्। उनीहरूले रातारात आफू वरपरका फोहोर उठाए। पोस्ट गरे। संसारका धेरै देशमा यो अभियान फैलियो। स्पेनमा बसुराच्यालेन्ज का रूपमा फैलिँदैछ।

 

सामाजिक सञ्जालका अन्य चुनौतीका दाँजोमा यसमा सरिक हुनेहरू भनेकम देखिएका छन्। चर्चा बाक्लो छ,तर सहभागीहरू कम छन्। यति हुँदाहुँदै सामाजिक सञ्जाल मार्फत् यस्तो सकारात्मक काम हुनुलाई सबैले सराहना गरेका छन्। समाजमा नकारात्मक सन्देश फिँजाउने पोस्ट गर्नुको साटो यस्ता सामाजिक अभियानलाई बढावा दिने हो भने थोरै भए पनि राम्रो परिवर्तन हुन सक्छ। तपाईं पनि सामाजिक सञ्जाल सदुपयोग गर्न चाहनुहुन्छ भने आफ्नो वरपरको ठाउँ सफा गर्नुहोस्। स्वीकार्ने हैनत ट्रयासट्याग चुनौतीरु बटुलेको फोहोर उपयुक्त ठाउँमा व्यवस्थापन गर्न चाहिँ नबिर्सिनुहोस् नि।