विप्लव नेकपाका कार्यकर्ता र प्रहरीबीच अछाममा गोली प्रहार,चार जना गिरफ्तार

अछाम ,चैत १२। विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता र प्रहरीबीच अछाममा झडप भएको छ । विप्लव नेकपा निकट सञ्चारमाध्यमले प्रहरीले गोली प्रहार गरी पार्टीका चारजना नेतालाई गिरफ्तार गरेको जनाएको छ ।

 

अछामको रामारोशन गाउँपालिका बोटोलासेनमा प्रहरीले अपरेसनका क्रममा गोली प्रहार गरी नेकपाका नेताहरू सुरेश रावत, सुरेश साउत, भूमिका साउत र कमानसिंह साउतलाई गिरफ्तार गरेको उल्लेख गरेको छ । यस बारेमा विस्तृत विवरण आउन बाँकी छ।