अचानक गुडिरहेको गाडीमा आगलागी

कैलाली,चैत्र १५। कैलालीमा गुडिरहेको गाडीमा अचानक आगलागी भएको छ । शुक्रबार बिहान ७ बजेर ४० मिनेटमा कैलालीको अत्तरियामा गुडिरहेको गाडीमा अचानक आगो लागेको हो ।

अत्तरीया चौकमा यात्रु खोज्दै गरेको बा ४ ख ५८६८ को माइक्रोबसमा आगलागी भएको हो । ईलाका प्रहरी कार्यालय अगाडि रहेको सो माइक्रोबसमा आगलागी हुँदा मानविय क्षति भने भएको छैन ।

 

गाडीमा आगलागी भएको १० मिनेटमा आगो नियन्त्रणमा आइसकेको छ । गोदावरी नगरपालिकाको दमकलको मद्दतमा १० मिनेटभित्रै आगो नियन्त्रणमा आएको हो ।

 

धनगढीबाट नेपालगंज जादै गरेको उक्त गाडीलार्इ अत्तीरया चोकमा यात्रु खोज्न गाडी घुमाउन खोजीरहेका बेला अचानक आगो लागेको हो । आगलागीबाट गाडी करिब पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।