लोकतन्त्रको नाममा लुटतन्त्र मच्चियो : कमल थापा

 नरेन्द्र महतारा-
काठमाडाै,बैशाख ७। राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) ले देशमा लोकतन्त्रको नाममा लुटतन्त्र मच्चिएको बताएको छ।शुक्रबार धर्म निरपेक्षता विरुद्धमा देशब्यापी जनसंघर्ष कार्यक्रमा राप्रपाले उक्त कुरा उल्लेख गरेको हो।

 

राप्रपाले सरकारलाइ बुझाएको २२ बुदे माग सरकारले बेवास्ता गरेकोले त्यसलाइ तुरुन्त पुरा गर्न राप्रपाको आग्रह गरेकाे छ।यदि माग पुरा नभएको खुण्डमा सशक्त सडक आन्दोलनकाे घोषणा गर्ने पनि चेतावनी दिइएको छ।कार्यक्रममा बोल्दै अध्यक्ष कमल थापाले वर्तमान सरकारको कडा आलोचना गरेका छन्।

 

कुनै शक्ति परिचालन गरेर हामीलाइ ठाउँमा ल्याउछौ भन्ने गलत बुझाइ नगरे हुन्छ।हामीलाई आफु र आफ्नो परिवार भन्दा ठुलो यो देश भएकाले यसको अस्तित्व बचाइराख्न सधै लागिपर्ने उहाको स्पटोक्ती छ।हिजो बन्दुक बोक्नेहरुको भबिष्य अन्योल भएको तर हिजो बन्दुक बोकाउनेहरुको भाग्य आज रातारात फेरिएकोले यसैको विरुद्धमा राप्रपा कडा रुपमा उत्रिन बाध्य भएको उनको भनाइ छ।राप्रपाका अर्का नेता दिपक बोहराले सरकारलाइ होसियार रहन सुझाएका छन।

 

देशमा धार्मिक स्वतन्त्रता सहितको राजस्था स्थापनाका लागी राप्रपा हरतरहबाट लाग्ने उनको जिकिर छ।त्यस्तै कार्यक्रममा नेताहरु बुद्धिमान तामाङ,बिक्रम बहादुर थापा,आनन्द अधिकारी लगायत अन्य नेताहरुले अब देशमा राजा सहितको लोकतन्त्र आवश्यक रहेको र त्यसलाइ ल्याउन राप्रपा निरन्तर लागिरहेको बताएका छन।धर्म निरपेक्षता खारेज गर,हिन्दु राज्य कायम गर भन्नेजस्ता सरकारलाइ दबाब दिने अनेक नारा लगाइएका थिए।यसै क्रममा राप्रपाले धर्म निरपेक्षताको ब्यानर जलाएको छ।

 

 

उक्त प्रक्रिया नेपाली जनताको हितमा नभएको र बिदेशी षड्यन्त्रमा जबर्जस्त आएकोले यसको कुनै काम नभएकोले उक्त ब्यानर जलाएको बताइएको छ।नेपाल प्रहरीले कार्यक्रम स्थलबाटै राप्रपाका नेता तथा कार्यकर्तालाइ पक्राउ गरेको छ।देशभक्त नेता तथा कार्यकर्ता पक्राउ गरेकोमा तत्काल रिहाईका लागी कार्यकर्ताले प्रहरी कार्यालय अगाडि धर्ना समेत दिएका थिए।