बैतडीमा बर्षा र हावाहुरीका कारण मकै बालीमा क्षती

बैतडी, असार २९ । अबिरल बर्षासंगै आएको हावाहुरी बैतडीका विभिन्न स्थानमा किसानले लगाएका मकैबालीमा क्षती पुगेको छ । जिल्लाको सुर्नया गाउँपालिकाका अधिकांस वडामा बर्षासंगै आएको हावाहुरीले मकैबालीमा ठुलो क्षती प्रयाएको हो ।

 

सुर्नया गाउँपालिको वडा नं ३,४,५,६ का अधिकांस स्थानमा किसानले लगाएको मकैबाली नष्ट भएको स्थानीय प्रकास भाटले जानकारी दिनुभयो । वडा नं ३ को बास, गोएली वडा नं ४ को , चौर,जोगेनी,बिकुलीका अधिकांस किसानले लगाएको मकैबाली नष्ट गरेको हो । यस्तै वडा नं ५ को हरिचनमा पनि हावाहुरीले मकैवाली ढलाएको छ ।

 

सुर्नयाकै वडा नं ६ का २० भन्दा बढी परिवारले लगाएको मकैबाली समेत हावाहरीले ढलाएर नष्ट गरेको स्थानीय बासिन्दाले बताएका छन् । रिका, कोखेत,कुनेटा,धुलीधार लगायतका स्थानमा बर्षासंगै आएको हावाहरी मकै ढलाएको लबदेव धामीले जानकारी दिनुभयो । मकैमा बाला लाग्ने समय हुँदा हावाहुरीले नष्ट गर्दै किसान चिन्तीत बनेका छन् ।

 

यस्तै दोगडाकेदार गाउँपालिकाका विभिन्न स्थानमा पनि हावाहुरीले मकैबालीमा क्षती पुगेको छ । ठुलो संख्यामा हावाहरीले मकैबाली ढलाएर नष्ट गरेपछी भोकमरी हुनसक्ने समेत संकेत देखा परेको छ । किसानहरुले बालीबिमा नगर्दा बालीनालीमा क्षतीपुग्दासमेत क्षतीपुर्ती नपाउने गरेका छन् ।