ग्यास सिलिण्डर विस्फोट हुँदा पाँच जना गम्भीर घाइते

कैलाली, साउन २ । कैलालीको धनगढीमा ग्यास सिलिण्डर विस्फोट हुँदा पाँच जना गम्भीर घाइते भएका छन् ।

 

धनगढीको शहीद गेट नजिकै रहेको निलम होटलमा बिहीबार साँझ सिलण्डर पड्किएर विस्फोट हुँदा पाँच जना गम्भीर घाइते भएको वडा प्रहरी कार्यालय धनगढीका प्रहरी निरीक्षक पुष्कर पन्तले बताए ।

 

होटेलमा रहेको सिलिण्डर पड्किएर होटेलका सञ्चालक केशवराज पाण्डेयसहित बझाङका राम सिंह, कञ्चनपुर बेल्डाँडीका लक्ष्मण सेरेला, धनगढीका जितेन्द्र यादव र ठेगाना नखुलेका मोन्दन खान घाइते भएका छन् ।

 

घाइतेहरुको चटकपुरमै रहेको माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक पन्तले जानकारी दिए । ग्यास सिलिण्डर विस्फोट कसरी भयो भन्ने बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।