सरकार पछि हट्यो प्यान नभएपनि तलब पाइने

काठमाडौं,साउन ८ ।सरकारले साउन १ देखि लागु गरेको तलबमा अनिवार्य प्यान, बैंक खाता मार्फत तलब भुक्तानी, मालवस्तु तथा ढुवानी अनुगमन प्रणाली(भिसिटिएस)को नियम तत्काल पूर्ण रुपमा लागू नहुने भएको छ।

 

नेपाल घरेलु तथा साना उद्योग महासंघका पदाधिकारीसँग अर्थमन्त्रालयमा आयोजित अन्तरक्रियामा बोल्दै अर्थमन्त्री डा युवराज खतिवडाले अहिलेका प्रावधानहरु एकै पटक आएकाले समस्या आएकोे बताउँदै यी प्रावधानहरु लागू गर्न मन्त्रालयले परीक्षण तथा प्रवद्र्धनको समय राखेकाले तीन महिना पछि मात्र लागू गरिने जानकारी दिए।

 

अर्थमन्त्रीसँगको भेटपछि महासंघले जारी गरेको विज्ञप्तीमा तीन महिनासम्म अहिलेको व्यवस्था लागु गर्दा कुनै कारवाही नहुँने अर्थमन्त्रीले प्रतिबद्धता जनाएको उल्लेख छ ।