चार ग्राम लागुऔषध सहित दुई जना पक्राउ

धनगढी ,भदौ १ ।लागुऔषध सहित धनगढीबाट दुई जना पक्राउ परेका छन् । अछाम मंगलसैन नगरपालिका वडा नम्वर ५ घर भई हाल धनगढी १ बस्ने २२ बर्षिय गणेश खत्री र धनगढीका २० बर्षिय लोकेन्द्र बोहरालाई कैलाली प्रहरीले पक्राउ गरेको हो ।

 

धनगढी उप–महानगरपालिका वडा नम्वर १० जुगेडा स्थित मोहना नदी तर्फ जाने ग्रावेल सडक खण्डमा भारत तर्फ बाट आइरहेको से ५ प ११४८ नम्बरको मोटरसाईकलमा आउदै गरेका उनीहरुले लुकाईछिपाई ल्याएको चार ग्राम तीन सय ६० मिलि ग्राम लागु औषध ९खैरो हिरोईन० सहित पक्राउ गरिएको कैलाली प्रहरी प्रवक्ता दक्षकुमार बस्नेतले बताए । थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।