स्थानीय तहको बजेट चुसेर मोटाउँदै कर्मचारी

गोरखा, भदौ ९ । गोरखाको चुमनुब्री गाउँपालिकाका कर्मचारीले वडामा सञ्चालित विकास बजेटमा कमिसन असुल्ने गरेका छन्। लेखा परीक्षण गर्ने, भ्याट बिल तिर्नेलगायतका बहानामा कर्मचारीले एकदेखि दुई प्रतिशतसम्म रकम असुली गरेको वडा नम्बर ६ का अध्यक्ष लोप्साङ लामाले जानकारी दिए।

 

२०७५–७६ मा सातवटा वडामा आठ करोड ५२ लाख ७८ हजार रुपैयाँ विनियोजन भएको थियो। ुभ्याट बिल बनाउन खर्च चाहिन्छ भन्दै वडासचिवले पैसा मागे। हामीले सबै उपभोक्ता समितिसँग उठाएर दियौँ, वडा नम्बर ६ का अध्यक्ष लामाले भने, ुअरू वडाका सबैले दिइसक्नुभयो भनेपछि हामीले पनि एक लाख आठ हजार रुपैयाँ दिएको हो।ु असार मसान्तमा बिल भरपाई फस्यौट गर्ने मौका छोपेर कर्मचारीले उपभोक्ता समितिसँग रकम असुलेको उनले बताए।

 

वडा नम्बर ७ छेकम्पारले पनि एक लाख ८० हजार रुपैयाँ दिएको जनाएको छ । लेखा परीक्षक ९अडिटर० लाई दिनुपर्छ भनेर सचिवले मागेपछि सो रकम दिएको वडा कार्यालयले जनाएको छ। वडा नम्बर ४ प्रोकका उपभोक्ताले पनि माग गरेजति रकम वडा सचिवलाई दिइसकेको जनाएका छन्। तर एकमुष्ट कति गयो भन्ने बारे आफूलाई जानकारी नभएको एक उपभोक्ता समितिका अध्यक्षले जानकारी दिए। यो खबर आजको अन्नपूर्ण दैनिकमा प्रकाशित छ ।