मजदूरले सामाजिक सुरक्षा ऐनमा उदासीन भन्दै आन्दोलन घोषणा

काठमाडौँ,भदाै १० । अखिल नेपाल पेट्रोलियम मजदूर सङ्घले श्रम ऐन र सामाजिक सुरक्षा ऐन कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष शिव पोखरेलले विज्ञप्ति जारी गरी सरकारले श्रम ऐन २०७४ र सामाजिक सुरक्षा ऐन कार्यान्वयनमा उदासीन देखिएको भन्दै आन्दोलनको घोषणा गरेको हो

 

सङ्घले मजदूरलाई रोजगार सम्झौता गरेर काममा लगाउनुपर्ने, कामको शुरुआत गरेदेखि सञ्चयकोषमा रकम जम्मा गर्नुपर्ने, रु सात लाख बराबर दुर्घटना रु एक लाख बराबर औषधि उपचारको बीमा गर्नुपर्ने, न्यूनतम तलब रु १३ हजार ४५० कायम गर्न माग गरेको छ ।

 

यस्तै न्यूनतम तलबभन्दा बढी खाइपाइ आएको तलबमा रु तीन हजार ७५० वृद्धि गर्नुपर्ने, आठ घण्टाभन्दा बढी काममा लगाउँदा ‘ओभरटाइम’ दिनुपर्ने माग गरिएको छ । अध्यक्ष पोखरेलले सरकारले आफ्ना माग तत्काल सम्बोधन नगरे यही भदौ २० गतेदेखि पेट्रोलियम पदार्थ आयात रोक्ने बताउनुभयो ।

रासस