क्रान्तिकारी माओवादी निकट देजमो शुदुरपश्चिम प्रदेशको सम्मेलन आज देखि शुरु

धनगढी मंसिर ३।सुदुरपश्चिम प्रदेशमा नेकपा (क्रान्तिकारी माओवादी) निकट देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको प्रथम ऐतिहासिक  भेला उद्घाटन समारोह भव्य रुपमा सम्पन्न भएको छ । सुदुरपश्चिम प्रदेश राजधानी धनगडीमा आज विशाल र्याली बजार परिक्रमा गरेर धनगढी पार्क मोडमा खुला कार्यक्रम गरि उद्धाटन समारोह गरिएको छ ।प्रदेश सम्मेलनको उद्धाटन प्रमुख अतिथि नेकपा(क्रान्तिकारी माओवादी) स्थायी कमेटी सदस्य राम श्रीरिसले गर्नु भएको थियो ।

 

बिशिष्ट अतिथि (क्रान्तिकारी माओवादी) सुदुरपश्चिम प्रदेश सेक्रेटरी अनुकूल अतिथि नेकपा (क्रान्तिकारी माओवादी)केन्द्रीय सदस्य तथा कञ्चनपुर जिल्ला इन्चार्ज क्षितित, अतिथि नेकपा क्रान्तिकारी माओवादी केन्द्रीय सदस्य तथा डडेलधुरा इन्चार्ज लाल किरण अतिथि नेकपा क्रान्तिकारी माओवादी नेकपा (क्रान्तिकारी माओवादी) जिल्ला सेक्रेटरी रुद्र कडेल लगायतका पार्टी निकटका मोर्चाहरुका संयोजक रहेका थिए ।कार्यक्रमको सञ्चालन देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका प्रदेश सदस्य राज विरले गर्नु भएको थियो भने कार्यक्रमको स्वागत मन्तव्य देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल का प्रदेश सदस्य बिष्णु राम दमाईले गर्नु भएको थियो ।

 

कार्यक्रममा प्रमुख अतिथि राम श्रीरिसले देशमा दुई तिहाइ आफुलाई कम्युनिष्ट भन्ने हरुले परिवर्तन र सम्बृद्धि को कुरा गरे पनि अझै जनता हक अधिकार सुनिश्चित हुन सकेको छैन । अवको बिकल्प भनेको नया जनवादी क्रान्ति र जनताको जनवादी सत्ता भएकोले अव सबै क्रान्तिकारी शक्ती एक हुनु जरुरी रहेको बताउनुभयो ।राष्टवादी भन्ने हरु राष्टघाति गरिरहेको प्रष्ट देखिएको छ अव जनताको अधिकारका लागि देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल मा गोलबन्द हुन आग्रह गर्नुभयो ।

 

देशमा दलाली भस्टाचार मैलाएको छ सिमा हस्तक्षेप भईरहेको भए पनि दुई तिहाइ कम्युनिष्ट सरकार भने पनि अहिले सम्म कुनै पनि राजनीतिक तथा कुटनीति पहल गर्ने सकेका छैनन । हामिले पहिले देखि राष्ट्रीयता जनतन्त्र लगायतका जनतन्त्रका बिषयमा मुद्दा उठाएको प्रष्ट छ त्यस कारण जनताले अव क्रान्तिकारी माओवादी पार्टी मा गोलबन्द हुनु पर्ने आव्हान गर्नु भयो ।

 

बिशिष्ट अतिथि नेकपा क्रान्तिकारी माओवादी शुदुरपश्चिम प्रदेश सेक्रेटरी अनुकूलले जनता हक अधिकार सुनिश्चित हुन सकेका छन् त्यसो विकल्प अव जनताको अधिकारका सहितको जनवादी राज्यसत्ता स्थापना गर्ने जन आन्दोलनको आवस्यक्ता रहेको बताउनुभयो ।राष्टवादी भन्ने राष्ट्र घात गर्ने हरु नाङ्गो नाच लगाई रहेको जनताले देखि सके भारतीय बिस्तारबादले लिपुलेक कालापानी लगाएको क्षेत्र भित्रका बस्ती कुटी, नागी , गुण्जी का जनतालाई राता रात रासन कार्ड दिई रहेको भए पनि सरकार चुप लागेर बसेको छ सिमाको बिषय अन्तरराष्ट्रीय करण गरि यस्को तत्काल समाधान र कालापानी गर्नु पर्ने बताउनुभयो । भोली बाट नेकपा (क्रान्तिकारी माओवादी)सुदुरपश्चिम प्रदेश सम्मेलन धनगढी हुने प्रदेश सेक्रेटरी अनुकूलले बताउनुभयो ।