पेस्तोलसहित दुई जना पक्राउ

काठमाडौं, पुस २७ । काठमाडौं महानगरपालिका–९ गौशाला पिंगलास्थानबाट १ थान घरेलु पेस्तोलसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

 

 

पक्राउ पर्नेहरूमा पिंगलास्थान बस्ने धनुषा गणेसमान सारनाथ नगरपालिका–७ घर भएका २४ वर्षीय धर्मेन्द्र पासवान र सिरहा बिष्णुपुर गाउँपालिका–६ घर भएका ४१ वर्षीय दिनेश कुमार झा रहेका छन् ।

 

 

महानगरीय प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले बा १५ च ७५३६ नम्बरको कार जाँच गर्ने क्रममा सिटमुनी लुकाईछिपाई राखेको उक्त पेस्तोल फेला पारी कारमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।