बाजुराको हिमाली गाउँपालिकाले आत्म निर्भर बन्ने योजनाको सरुवात: एक विरुवा रोपे पाँच किलो चामल :दुर्गमका अरु स्थानिय तहले पनि सिकुन

बाजुरा,फागुन १५ ।बाजुराको हिमाली गाँउपालिकाले एक विशेष कार्यक्रमकाे थालनी गरेकाे छ,फलफुलका विरुवा राेपेर जगेर्ना गर्ने  कृषकलाई प्रति वाेट पाँच किलो चामल दिने भएको छ ।गरिवीकाे रेखामुनि रहेका जनताकाे जीवन स्थार सुधार गर्नकाे लागि खाद्य सुरक्षा कार्यक्रम लागु गर्दै गाउँपालिकाले कृषकहरु आत्म निर्भर वन्ने योजना अघि सारेको गाउँपालिकाका अध्यक्ष गाेविन्द बहादुर मल्लले बताउनु भयाे।

 

उहाँले भन्नु भयाे अहिले हामिले प्रति बोट ५ किलो चामलका दरले उपलब्ध गराउने गरी खाद्य सुरक्षा कार्यक्रम अन्र्तगत गाँउपालिकाले यस बर्ष मात्रै ५० हजार २ सय ८१ फलफुलका विरुवाहरु वितरण गर्ने याेजना रहेकाे पनि अध्यक्ष मल्लले बताउनु भयाे ।

 

 एक कार्यक्रमको आयोजना गरी गाँउपालिकाका अध्यक्ष मल्लले कृषकहरुलाई १२ हजार ९ सय १४ दाँते ओखरका विरुवाहरु प्रत्यक वडाका कृषकहरुलाई पु¥याउनुका लागि कृषि शाखालाई जिम्मा दिएकाे पनि अध्यक्ष मल्लले बताउनु भयाे ।

 

 केहि साता अघि मात्र गाँउपालिकाले २३ हजार २ सय ८४ उन्नत जातका स्याँउका विरुवाहरु वितरण गरी गाँउपालिकाको सहयोगमा किसानहरुले रोपि सकेको अध्यक्ष मल्लले बताउनु भयाे । छोटो समयमै फलफुल खेतीवाट हिमाली गाँउपालिकाका जनतालाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ गाँउपालिकाले अहिले फलफूलका विरुवा रोप्ने अभियान सञ्चालन गरीरहेको अध्यक्ष मल्लले बताउनु भयाे। हिमाली गाँउपालिकाको वडा नं एक देखि सात सम्मका प्रत्यक वडाका किसान लाभान्वित हुने गरी दाँते ओखर, उन्नत जातको स्याउ, सुन्तला, कागती, आँप र अनार लगायतका विरुवाहरु वितरण गर्ने कार्यक्रम भैरहेको पनि अध्यक्ष मल्लले बताउनु भयाे ।

 

आर्थिक बर्ष २०७६÷७७ का लागि खाद्य सुरक्षा कार्यक्रम अन्र्तगत हिमाली गाँउपालिकाले ५० लाख रकम विनियोजन गरेको गाँउपालिकाका अध्यक्ष मल्लले बताउनुभयो ।

 

गाँउपालिकाले फलफुलको एक बोट जोगाए वाफत प्रत्यक बर्ष पाँच किलो चामल दिने योजना अघि सारेको  अध्यक्ष मल्लले बताउनु भयाे । हिमाली गाँउपालिकाले पाँच बर्ष भित्र गाँउपालिकालाई हरीयाली गाँउपालिका बनाउनुका साथै फलफूल खेती तर्फ आत्म निर्भर बन्ने र यसले स्वरोजगारकाे अवसर सृजना गर्ने उद्देश्यले खाद्य सुरक्षा कार्यक्रम अन्र्तगत फलफुलका विरुवा रोप्ने कार्य अघि बढेको अध्यक्ष मल्लले बताउनु भयाे छ ।

 

गाँउपालिकाले हाल दाँते ओखरका विरुवा हिमालयन अर्गानिक ओलिभ्स फार्म एण्ड रिसर्च सेन्टर प्रालि बाट खरीद गरी वितरण गरेको अध्यक्ष मल्लले बताउनु भयाे  । गाउँपालिकाले १२ हजार ९ सय १४ ओखर, २३ हजार २ सय ८४ स्याउ, ७ सय ८४ बोट आँप, ६ हजार १ सय ७० बोट अनार, ३ हजार २ सय ३२ बोट अनार र ३ हजार ९ सय १० बोट अन्य जंगली विरुवाहरु वितरण गरेको बताउनु भयाे।

 

गाँउपालिकामा खेती योग्य जमिन नहुदा भिरालो जमिनको उपयोग गर्न फलफुल खेति बाटै स्थानियलाई आत्मनिर्भर बनाउने योजना बनाईरहेको छ । विदेशियका युवालाई गाँउघरमा रोजगारीको अवस्था सृजना गर्न, गरीवि न्युनिकरण गर्न, गाँउपालिकालाई फलफुल खेतीबाट आत्मनिर्भर बनाउन र अर्कोे तर्फ वातावरण संरक्षण गर्ने उद्देश्यले खाद्य सुरक्षा कार्यक्रमलाई जोड दिएको गाँउपालिकाले जनाएको हाे ।