आज मिति २०७६ साल फागुन २८ गते बुधबार पशुपतिनाथको दर्शन गरि आजको राशिफल पढ्नुहोस्

मेष-साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । नयाँ जिम्मेवारी पाइएला । शुभकार्यको चर्चा चल्नेछ । मनमा उत्साहका साथै बोली विक्ने समयछ ।

बृष-बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ । वित्तिय संस्थाबाट सहयोग मिल्नेछ । स्वादिष्ट भोजन पाईनेछ ।

 

मिथुन-आज आँटेको र ताकेको कार्य पुरा होला । आफ्नो क्षेत्रमा प्रभत्व जमाउन सकिनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । प्रेममा मधुरतापनि छाउनेछ ।

 

कर्कट-आज सामान हराउने वा चोरी हुने सम्भावना छ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

 

सिंह-धार्मिक यात्राको योगछ । नयाँ कार्यको योजना बन्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । दिनको उत्तरार्धमा अधिक धन खर्च हुनेछ ।

 

कन्या-टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । नजिकको व्यक्तिबाट आँटेको कार्यमा सफलता मिल्नेछ ।

 

तुला-रमणीय र सुखद् यात्राको योग छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । मनोरञ्जनमा सहभागी भइएला । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ ।

 

बृश्चिक-प्रेममा बाधाका साथै मन कमजोर रहनेछ । यात्रामा मालसामान हराउन सक्छ । आर्थिक सङ्कटले गर्दा मनमा अशान्ति र छटपटी व्याप्त हुनसक्छ ।

 

धनु-काम गर्ने जोश जाँगर र उमङ्ग बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ । नयाँ कामको थालनी हुनेछ । वैदेशिक कार्य अघी बढ्नेछ ।

 

मकर-आज शुभचिन्तकहरूले पूर्ण समर्थन गर्नेछन् । घरमा अतिथीको आगमन हुनेछ । पुरानो समस्या सुल्झाउन सकिनेछ । सन्तान सुख मिल्नेछ ।

 

कुम्भ-कीर्तिमानी काम गर्ने समय छ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।

 

मीन-आज अनावश्यक ठाउँमा धन खर्च होला । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । वैदेशिक क्षेत्र कमजोर रहनेछ । खनपिनमा विचारपनि पुर्याउनु पर्छ ।