लुकिछिपी लकडाउन उल्लंघन गर्ने मजदूर प्रहरी नियन्त्रणमा

सुरुंगा, चैत २० । झापामा कोरोना भाइरस (कोभिड —१९)को संभावित जोखिम हुन नदिन भएको लकडाउन उल्लंघन गर्ने मजदूरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। लुकिछिपी भारत हिँडेका उनीहरुलाई स्थानीयको सहयोगमा प्रहरीले नियन्त्रणमा लिएको हो।

 

नियन्त्रणमा लिइएका मध्ये ३९ मेचीनगर, १८ भद्रपुर र १५ जना कनकाई नगरपालिकामा रहेका क्वारेन्टाइनमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए।

 

विकास निर्माण तथा उद्योगको काम ठप्प भएपछि उनीहरु हिँडेरै भारत प्रवेश गर्न खोजेको प्रहरीले जनाएको छ। रासस