नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या ४५३ पुग्यो

 काठमाडौं,जेठ,८ ।नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमण झापामा ८ सहित थप ९ जनामा पुष्टि भएको छ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कचनाकवल गाउँपालिकाको लक्ष्मीप्रसाद देवकोटा माविको क्वारेन्टाइनमा रहेका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु १७, १८, १८, २०, २०, २३, ५२ र ५५ वर्षका छन् ।

यसैगरी रुपन्देहीका २७ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।यससँगै कुल संक्रमितको संख्या ४५३ पुगेको छ ।संक्रमितमध्ये ३ सय ८३ जना पुरुष र ७० जना महिला रहेकाे स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलनमा जानकारी गराइएकाे छ।