सहायक रथी र महासेनानी सैनिक हिरासतमा

काठमाडौं, जेठ ११ । जंगी अड्डाले भ्रष्ट सैनिक अधिकारीहरूमाथि कारबाही सुरु गरेको छ । जंगी अड्डाले सैनिक उच्चअधिकारीहरूसमेत भ्रष्टाचारमा संलग्न भएको पाएपछि त्यस्ता भ्रष्ट सैनिक अधिकारीमाथि कारबाही सुरु गरेको हो।

 

जंगी अड्डाले भ्रष्टाचारका मुद्दाहरूलाई अघि बढाएर भ्रष्ट सैनिकहरूविरुद्ध जंगी अड्डा कडा रूपमा उत्रिएको हो । जंगी अड्डाले आर्थिक अनियमिततामा संलग्न भएको अभियोगमा सहायक रथी प्रयोगजंग राणा र महासेनानी नविन सिलवाललाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।

 

सहायक रथी राणा निरीक्षणाधिकृत महानिर्देशनालयमा कार्यरत छन् । महासेनानी सिलवाल हाल १४ नम्बर बाहिनीका सहायक बाहिनीपति हुन् । सैनिक प्रहरीले राणा र सिलवाल दुवैलाई गत साता पक्राउ गरेको सैनिक स्रोतले पुष्टि गरेको छ।

 

उनीहरू सैनिक प्रहरी हिरासतमा छन् । कुन शीर्षकका कति अनियमितता गरेको हो भन्नेबारे अनुसन्धान भइरहेको छ । आर्थिक अनियमितताको प्रमाणका आधारमा पक्राउ गरिएको सेनाले जनाएको छ ।अन्नपूर्ण पोष्टमा खबर छ।