स्वयम्भूमा कार्यरत प्रहरी असई मृत भेटिए

सांकेतिक तस्विर

काठमाडौं,जेठ ११। महानगरीय प्रहरी वृत्त स्वयम्भूमा कार्यरत एक प्रहरी सहायक निरीक्षक (असई)विष्णु कार्की मृत फेला परेका छन् ।

 

 आइतबार बिहान डिउटी सकेर फर्केपछि कोठाको ढोका थुनेर असई महेश कार्कीले आफ्नै टाउकोमा गोली प्रहार गरेको हुन सक्ने प्रहरी स्राेतले जानकारी दिएकाे छ ।

 

प्रहरीका अनुसार असई कार्कीको कन्चटमा गोली लागेको छ । प्रारम्भिक अनुसन्धानमा असई कार्कीले आफैंले गोली हानेको हुनसक्ने देखिएको उनले बताए ।थप अनुसन्धान भइरहेको प्रहरी स्राेतकाे भनाइ छ ।