आज थप ११६ जनामा कोरोना संक्रमण पुष्टि,स‌ंक्रमित संख्या १७ हजार नाघ्यो,कुन जिल्लामा कति संक्रमित

काठमाडौं,असार,३० ।नेपालमा थप ११६ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित पत्रकार सम्मेलनका अनुसार कोरोना संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ।चार हजार ३ सय ६१ जनाको पीसीआरबाट कोरोना परीक्षण गरिएको थियो ।

 

जसमा स‌ंक्रमण पुष्टि हुनेमा धनुषाका २१ जना, महोत्तरीका १९ जना, अछामका १४ जना, दैलेखका ६ जना, दाङ र कैलालीका ५/५ जना, पाल्पा र जुम्लाका ४/४ जना,धनकुटा, प्युठान, रोल्पा र अर्घाखाँचीमा ३/३ जना र इलाम, पर्सा, काभ्रे, नवलपरासी पूर्व, काठमाडौं र गोरखामा २/२ जना ,झापा, सिरहा, सुनसरी, तेह्रथुम, रौतहट, नुवाकोट, ओखलढुंगा, सिन्धुली, पाल्पा, सिन्धुपाल्चोक, सुर्खेत, बाँके, बर्दिया र कञ्चनपुरमा १/१ जना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

 

  २४ घण्टामा कोरोना संक्रमण निको भएर ३४ जना घर फर्किएका छन् भने हाल ६ हजार ६ सय ९५ जना संक्रमित आइसोलेनसनमा रहेका छन्। डिस्चार्ज हुनेको संख्या १० हजार ३ सय २८ पुगेको छ। क्वारेन्टिनमा २४ हजार ७ सय १६ जना रहेका छन् । मृतककाे संख्या ३८ रहेकाे छ।