नेपालमा थप १०९ जनामा कोरोना संक्रमण पुष्टि, घर फर्किनेको संख्या १३ हजार नाघ्यो,कुन जिल्ला कति थपिए संक्रमित

 काठमाडौं,साउन १०।नेपालमा थप १०९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ४ हजार ७५ जनामा नमुना परीक्षण गर्दा १०९ जनामा संक्रमण पुष्टि भएको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ।  

 

याे सँगै कुल १८ हजार ४८३ जना संक्रमित भएका छन् । उनीहरुमध्ये ४५ जनाको मृत्यु भएको छ भने १३ हजार ५३ जना निको भएर घर फर्किएका छन् ।

कुन जिल्ला कति थपिए संक्रमित?

मन्त्रालयका अनुसार सबै भन्दा धेरै डोटीमा १३ जना, सुर्खेत र सप्तरीमा ११/११ जना, पर्सामा ८, कपिलवस्तु र जाजरकोटमा ६/६ जना ,दाङमा ५ जनामा, रौतहट, नवलपुर, पाल्पा र डडेलधुरामा ४/४ जना, बारा, गुल्मी, कालीकोट, दैलेख र बैचडीमा ३/३ जना, काठमाडौं, बाँके, बर्दिया, अछाम र मुगुमा २/२ जना तथा झापा, खोटाङ, सर्लाही, चितवन, मकवानपुर, ललितपुर, अछाम, तनहुँ र हुम्लामा१/१ जनामा कोरोना संक्रमण पुष्टि भएका छन् ।