सरकारको जनविरोधी रवैयाका कारण कोरोना भयावह बन्दै  

दश महिनापहिले चीनको वुहानमा कोरोना भाइरस ( COVID – 19 ) उब्जियो । यसले विश्व महामारीको रुप लियो।  कोरोनाबाट ठूलो चपेटामा परिसकेको छ ।
     
यस महामारीबाट नेपाल पनि अछुतो रहेन । यस महामारीबाट नेपाल पनि ठूलो चपेटामा परिसकेको छ ।यसकाट नेपाल अरु संकटमा पर्ने संभावना कायमै छ ।
       
 
 
 
नेपाल यसरी कोभिड – १९ बाट संकटग्रस्त बन्दै जानुमा नामधारी कम्युनिस्ट सत्ताधारी नेकपाको केपी ओलीको दलाल सरकार मुख्य दोषीको रुपमा रहेको छ । हुन त यसमा नेपाली जनता , नागरिक समाज ,राजनीतिक पार्टीहरु , स्वास्थ्यकर्मिहरु , कर्मचारीतन्त्र (नोकरशाही तन्त्र ) , सुरक्षाकर्मी आदिको पनि अवश्यै कम्जोरीहरु रहन गएका छन् । यो गौण विषय हो । किनभने सरकार भनेको राज्य हो । राज्यले त जनताको लागि अवपभाबकको भूमिका रहेको हुन्छ ।
 
त्यसो भएरै त मानव समाजको विकासका क्रममा राज्यको आवश्यकता परेकाले राज्यको उत्पति भएको थियोे । हुन त विश्व सर्वहारा वर्गका महान् नेता लेनिनले ” राज्य भनेको एक वर्गले अर्को वर्गलाई दबाउने मेशिन हो ” भन्नुभएको । यो वास्तविक कुरा तैपनि राज्य वर्गीय हुने भए पनि अप्ठ्यारो परेको बेला जनतालाई प्रदान गर्नु राज्यको अर्थात् सरकारक‍ोो मुख्य दायित्व हो ।
       
तर सिध्दान्त: ओली नेतृत्वको दलाल सरकार जनविरोधी , राष्ट्रविरोधी र गैर जिम्मेवार  हुने भएकोले त्यही रवैया अप्नाउन पुगकै कारण हाम्रो देशमा कोरोनाले नेपाली जनताले सोचेभन्दा , यस क्षेत्रका विज्ञहरुले अनुमान गरे भन्दा बढी क्षति व्यहोर्नुपरेको छ  र यही दलाल सरकार कै कारण नेपाली जनता र नेपाल राष्ट्रले अरु ठूलो क्षति व्यहोर्नुपर्ने स्थपित पैदा भइसकेको छ ।
     
 केपी ओली नेतृत्वको दलाल सरकार कोरोना कहर नियन्त्रण गर्ने , जनधनको क्षति कम हुन हरसम्भव उपायहरू सोचेर सरकारका सम्पूर्ण साधन – श्रोतहरु परिचालन गर्नु पर्थ्यो । तर दलाल ओली सरकार एकातिर यस विषयमा जनताको निम्ति रमिते बन्दै र गैर जिम्मेवार बन्ने र अर्कोतिर कोरोना कहरलाई आधार बनाएर राष्ट्रको सम्पत्ति लुट्नतिर तल्लीन हुदै आयो । 
     
आजका मितिसम्म दलाल सरकारले कोरोना कहर नियन्त्रणका नाममा रु . १४ अरब ७० करोड भन्दा बढी रकम खर्च गरिसकेको बताउंँदै आएको छ । तर कोरोना नियन्त्रण हुनु नेपाली जनताको मानवीय क्षति कम हुदै जानुपर्नेमा झन् भन्दा झन भयावह बढ्दै गएको छ र मानिसहरुले ज्यान गुमनउने र संमित हुने संख्या दिन प्रतप दिन बढेर सिंगो नेपाली समाज भयवित भइरहेको छ । आतंकित भइरहेको छ । र राजधानी काठमाडौं उपत्यकाको लगायत देशभर कोर‍ोना आतंक एक भयावहका रुपमा फैलिएको छ । यी कार्यहरु ओली नेतृत्वको दलाल सरकार कै गैर जिम्मेवार र जनविरोधी रवैयाका कारण भइरहेको छ ।
       
ओली सरकारका निम्न जनविरोधी र गैर जिम्मेवार तथा रमिते हुनुका कारणबाट नेपालमा कोरोना भयावह यसरी फैलिएको छ र हरु भयावह फैलिने क्रम जारी छ।
 
   (१) कुनै वैज्ञानिक सोंच र योजना नहुनु :
 
  २०७६ साल माघ २ गते नेपालमा पहिलो कोरोना संक्रमण पुष्टि भएको थियोे । त्यस पछि चीनबाट उध्दार गरी ल्याइएका १७५ जना विद्यार्थीहरुमा कोरोना संक्रमण देखिएन । तर त्यतिबेला युरोप , अरब, मध्यपूर्व, मलेसिया , अमेरिका आदि देशहरूमा कोरोना भाइरल फैलिदै गइसकेको थियो । 
     
नेपालबाट रोजगारीका लागि र अन्य कारणले लाखौं नेपाली नागरिकहरु विश्वका विभिन्न मुलुकमा रहेकाले स्वदेश फर्कने क्रममा कोरोना भाइरस नेपाल भित्रीने संभावनालाई मध्येनजर राखेर फाल्गुनको अन्त्यतिर सर्वोच्च अदालतले अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्न अन्तरिम जारी गरेको थियो , तर रमिते सरकार त्यतातिर नलागेर तमासे भएर बसिरहयो ।
     
तर चैतको पहिलो साता युरोपबाट नेपाल फर्केका दुई जना महिला ( काठमाडौं र बागलुङ कि ) मा कोर‍ोना  संक्रमण पुष्टि हुने वित्तिकै चैत ६ गतेदेखि शुरु हुन लागेको SEE क‍ो परीक्षा स्थगित गरेर विना तयारी , विना योजना हतार हतारमा देशव्यापी रुपमा कडा रुपमा Lockdown ( बन्दाबन्दी ) गर्न पुग्यो ।
   
 सिंगो मुलुकलाई Lockdown गर्ने क्रमसंगै नेपालकको सबै भारतीय सीमा- नाकाहरु पूर्णरूपमा बन्द गरेर नेपाल – भारत प्रवेशलाई कडाइ गरिनुपर्नेमा त्यसो गरिएन । खुलै राखियो । त्यतिबेला भारतमा कोरोना संक्रमण व्यापक रुपमा फैलिएको थियो ।
     
त्यसै क्रममा संक्रमित भारतीय नागरिकहरु ,  रोजगारीका लागि भारतमा गएका र रोजगारी गुमाएका हजारौं नेपाली मजदुरहरु स्वदेश फर्कने क्रम चल्यो । भारत मै संक्रमित भइसकेकाहरु नेपालका विभिन्न नाकाहरुबाट नेपाल फर्किएकाहरुबाट नेपालमा कोरोना भाइरल भित्रियो । र , दलाल तथा दलाल सरकारले वैज्ञानिक ढंगले व्यवस्थापन गर्न नसक्दा देशव्यापी रुपमा कोर‍ोना संक्रमण फैलियो । सरकार कै गलत , गैर जिम्मेवार तथा रमिते रवैयाका कारण नेपाल कोरोना कहरको नराम्ररी भूमरीमा फस्दै गयो ।
 
(२) कोरोनाका निहुँमा दलाल सरकार भ्रष्टाचारको मेसोमा :
 
 कोरोनाका निहुँमा देशभरी बन्दाबन्दी गर्ने वित्तकै दलाल सरकार चीनबाट आौषधिजन्य सामाग्री खरिद गर्ने निहुँमा ओम्नी नामको नक्कली कम्पनी खडा गरेर उप प्रधानमन्त्री ईश्वर पोखरेल र उनको छोरा , स्वास्थ्य मन्त्री भानुभक्त ढकाल र भ्रष्ट नेताहरुका छोराहरुलाई संलग्न गराएर  करीब १ अरब बराबर भ्रष्टाचार गरियो । ती भ्रष्टाचारीहरुलाई जोगाउन , चोख्याउने र संरक्षण गर्नतिर स्वएं प्रधानमन्त्री केपी ओलीले कम्मर कसेर लागे पछि दलाल तथा भ्रष्ट सरकार नेपाली जनताको बिचबाट नराम्ररी नांगिय‍ो । यसको असर कोरोना संक्रमण नियन्त्रणमा ठूलो असर पर्न गयो ।
 
(३) राहत वितरणमा पक्षपात र बेमानी सावित हुनु :
 
Lockdown  पश्चात् देशभर कै मजदुर तथा काम गरी खाने नागरिकहरुलााा साँझ विहानको खाना जोगो गर्न मुस्किल पर्दै गए पछि जनदवावकै कारण दलाल सरकारले राहतको कार्यक्रम ल्यायो । 
   
 राहत वितरणमा दलाल सरकारले व्यापक पक्षपातपूर्ण र बेमानीपूर्ण व्यवहार प्रदर्शन गरे पछि दलाल सरकार नराम्ररी नांगियो र बदनाम भए पछि यसको असर कोरोना जोखिम नियन्त्रणमा ठूलो असर पर्न गयो ।
 
(४) मनपरि Lockdown लगाउने र खोल्ने सरकारी रवैया :
——-
२०७६ चैत ११ गते कोरोना संक्रमण त्यति फैलिएकैै थिएन , देशव्यापी रुपमा Lockdown गर्ने बेला भए कै थिएन , त्यतिबेला देशव्यापी रुपमा कडा रुपमा Lockdown गरियो , जनतालाई अन्धाधुन्ध पारियो । हजारौं राजधानी बाहिर बाट काठमाडौंमा आएका मजदुर तथा अन्य अप्ठ्यारोमा परेका मजदुर तथा जनताहरुलाई १०/१२ दिन पैदल यात्राबाट घर घरमा पुग्न बाध्ये तुल्याइयो ।
   
त्यस्तै सरकारी कर उठाउने मनसायले असारको पहिलो हप्तादेखि एकाएक Lockdown खोल्यो र पहिले जोरविजोर प्रणाली अन्तर्गत यातायात खोल्न दियो भने पछि जिल्ला भित्र नीजि यातायात पनि सञ्चालन गर्ने अनुमानि दियो । राजधानी छिर्ने र अन्य जिल्लाका सीमानाहरुमा कडाइ नगर्दा मानिसहरुको आउने जाने क्रम बढ्यो । त्यसले कोरोना संक्रमणलाई तीव्र गतिले बढायो ।
   
त्यतिमात्र होइन , देश भर बजार खोल्ने आदेश दियो दलाल सरकारले , त्यस पछि देशव्यापी रुपमा कोरोना संक्रमण ह्वात्तै बढेर गयो ।
 
(५) सशक्त रुपमा PCR टेस्ट  परिक्षण नगरिनु :
 
जनताका बिचमा व्यापक रुपमा PCR टेस्ट नगर्नु , PCR टेस्ट गर्न पनि पक्षपात गर्नु । जनतालाई सरल ढंगले परिक्षण नगरिदिने र पहुँचवालाहरुको स्वास्थ्यकर्मिहरु घर घरमा गएर स्वाप संकलन गरिनु , टेस्टको दायिरा फराकिलो नबनाइनु , सर्वसाधारण जनताका लागि निजी रुपमा टेस्ट गर्न रु . ५५००/= रेट तोकेर आतंकित तुल्याउनु र नक्कली किट्स प्रयोग नगरिनु जस्ता जनविरोधी हर्कतले गर्दा कोरोना संक्रमण ह्वात्तै बढेर गयो ।
 
(६) अवैज्ञानिक र अव्यवस्थित क्वारेन्टाइन र आइसुलेसन :
 
सरकारले जुन गाई – भैसी गोठ जस्ता अवैज्ञानिक र अव्यवस्थित क्वारेन्टाइनहरुको व्यवस्था गर्यो । यसले पनि कोरोना संक्रमण बढायो । 
       
साथै वैज्ञानिक र व्यवस्थित किसिमका आइसुलेसनहरुको अभाव , स्वास्थ्यकर्मिहरुको खटनपटन , आौषधि व्यवस्थापन , विरामीहरुलाई खानपान , सान्तोना, सहासका अभाव र दीर्घ रोगी तथा सु्त्केरी महिलाहरु , जेष्ठ नागरिक र बालबालिकाहरुलाई सुलभ ढंगले असपतालहरुमा उपचार गर्नबाट बञ्चित गराइनु जस्ता जनविरोधी हर्कतहरुले गर्दा ज्यान गुमाउनेहरुको संख्या ह्वात्तै बढेर गयो ।
 
(७) दलाल सरकार जिम्मेवारीबाट पन्छिनु :
 
कोरोनाका निहुँमा राष्ट्र र जनताको सम्पत्ति लुट्न तल्लीन दलाल सरकार जनता प्रतिको जिम्मेवारीबाट हात झिकेर पन्छिने र सत्ताधारी पार्टी नेकपाका नेता , कार्यकर्ता , मन्त्री , सभाषदहरु , भ्रष्ट कर्मचारीहरु खाली पैसो मात्र हेर्ने गरेका कारणले पनि कोरोना संक्रमणमा बृध्दि हुनु र ज्यान गुमाउनेको संख्या ह्वात्तै बढिरहेका छन्  ।
     केन्द्रीय सरकार र प्रदेश सरकारहरु पन्छिएर स्थानीय निकायहरुलाई जिम्मेवारी दिएर जनताको लागि रमिते बन्दै गए पछि कोरोना संक्रमणको संख्या र ज्यान गुमाउनेहरुको संख्या एक्कासि बढेर 
गयो ।
(८)होम आइसुलेसनद्वारा जनतालाईआतंकित तुल्याइनु :
 
           
कोरोना संक्रमितहरुलाई होम आइसुलेसनमै राख्ने जुन आदेश जारी गर्यो यसले परिवारहरुमा आतंक फैलाउने र यसले संक्रमण बढाउन सहयोग पुर्याउने गैर जिम्मेवार सरकारी रवैयाका कारण संक्रमणको संख्या बढ्ने र मृत्यु दर पनि ह्वात्तै बढेर गएको छ ।
     
आजका मितिसम्म देशभर ६ हजार भन्दा बढी संक्रमितहरु होम आइसुलेसनमै बसेका छन् भनेर स्वास्थ्य मन्तत्रालयका प्रवक्ताद्वारा घोषणा गरिएको छ । यो ज्यादै लज्जास्पद कुरा हो । भ्रष्ट सरकारले पैसा भरी मन्त्रहरुका गोजीमा राखिदिने र गरीब जनतालाई होम आइसुलेसनमै राख्न लगाएर ठूलो जनघात  भ्रष्टाचार गरिरहेको छ । 
   
यसले पनि नेपाली समाजमा कोरोना संक्रमण र संक्रमितहरुले अनाहकमै ज्यान गुमाउने पर्ने वातावरण दलाल सरकारले निर्माण गरिरहेको छ । यो पनि एउटा कारण हो  ।
 
(९) आतंकको खेती गर्नु :
 
 दलाल सरकारले एकातिर जिम्मेवारीबाट हात झिकेर जनताको सामु रमिते बनिरहेको छ भने अर्कोतिर कोरोनाको विषयमा कहिले कडा बन्दाबन्दी , कहिले कडा कर्फ्यु लगाएर जनताका दिनदैन्यका समस्या खडा गरेर जनतामाथि व्यापक आतंकको खेती गरिरहेको छ ।
     
होम आइसुफेसन , स्वास्थ्य परिक्षणमा चर्को निजी लगानीको हौवा खडा गरेर ठूलो आतंक खडा गरिरहेको छ ।
 
(१०) कोरोनाको निहुँमा कमाऊ धन्दा : 
 
 एकातिर कोरोनाको भयावहबाट जनता त्राही त्राही भइरहेका छन् । राजधानी उपत्यका लगायत देशभर संक्रमित हुने र ज्यान गुमाउनेको संख्या दिन दिनै बढेर जनता आतंकित भइरहेका छन् भने अर्कोतिर  दलाल सरकार भ्रष्ट र विचौलियाहरुलाई सरकारी नियुक्ति गर्ने र कमिशन खाने र कमाऊ धन्दामा व्यस्त छन् । भ्रष्टाचार मौलाएको छ ।महंगिले जनताको ढाड सेकिएको छ । दलाल सरकार यस्तो अवस्थामा पनि बेखबर र बेजिम्मेर देखिएको छ ।
 
(११) “अरुलाई अरुकै चिन्ता घर जजुवाँइलाई खानकै चिन्ता ” :
       
नेपालीमा एउटा उखान छ ” अरुलाई अरुकै चिन्ता घर जुवाँइलाई खानकै चिन्ता ”  । यो  उखान यतिबेला ओली नेतृत्वको दलाल तथा रमिते सरकारको माऊ पार्टी डब्बल नेकपा भित्र विशेष गरी केपी ओली र प्रचण्डका बिच पदको लडाइँ अन्त्यहिन भइरहेको छ । पदको लागि कुकरे कलह ( बिलोको लडाइँ ) मच्चिरहेको छ । 
     
बाहिर जनता कोरोना संक्रमणका कारण अकालमै ज्यान गुमाई रहेका छन्  । देशभर कर्फ्यु लगाइएको छ । भोकभोकै निशासिएका छन् । 
   
स्कुल कलेजहरु छ महिनादेखि बन्द छन् । षढ्ने उमेरका जनताका छोराछोरीहरु घरभित्र हुलिएका छन् । दीर्घ रोगीहरु , सुत्केरी महिलाहरु , बालबच्चाहरु समयमै असपतालहरुमा गएर उपचार गर्न नपाएर कोरोनाका नाममा मरिरहेका छन् । मानिस मरेको १ हप्ता पछि कोरोना संक्रमण पुष्टि गरिन्छ । 
   
एकातिर देश र जनताको यस्तो हालत छ भने अर्कोतिर सत्ताधारी  पार्टीका नेताहरु पदको लुछाचुडमा व्यस्त छन्  । यसले पनि जनतालाई निराश तुल्याइरहेको छ ।
 
(१२) जनचेतनाको अभाव : 
 
नेपालमा कोरोना संक्रमण बढ्नु र ठूलो मानवीय क्षति हुनुमा जनचेतनाको अभाव रहेको देखिएको छ ।
       
कोरोना संक्रमण र जोखिमबनट बच्नका लागि विश्व जनस्वास्थ्य संगठन (WHO) ले तय गरेका मापदण्डहरु र नेपालकै दलाल सरकारले तय गरेर प्रचारप्रसारमा ल्यएका मापदण्डअनुसार व्यवहार नगर्नु , जानीजानी ती मापदण्डहरु उलंघन गर्नु , जीवन शैलीमा परिवर्तन गर्न नसक्नुका कारणले पनि नेपालमा कोरोना संक्रमण बढ्ने र मानवीय क्षति हुदै गएको पाइएको छ ।
     
त्यति मात्र होइन , जनस्वास्थ्यकर्मिहरु, यस विषयका विज्ञहरूले दिदै आएका शिक्षा र अनुभवहरुलाई पनि जनताले व्यवहारमा लागु नगर्नुले पनि जोखिम बढ्दै गएको छ । यस विषयमा जनचेतनामा अभिबृध्दि हुन र गराउन आवश्यक छ ।
     
तर जनताका बिचमा स्वाभाविक रुपले के समस्या कायमै छ भने दिनदैन्यैका व्यवहार चलाउन , व्यवसायहरु सञ्चालन गर्नुपर्ने , यातायात र किनमेल जस्ता अति आवश्यकीय कामहरु नगरिनहुने कार्य गर्नुपर्ने भएकोले पनि संक्रमण बढ्ने र जोखिम कम गर्न कठिनाई हुने समस्याहरु त छन् नै । तर पनि जनता पनि सचेत र चनाखो बन्न जरुरी छ ।
 
(१३) दलाल सरकार चाहेर पनि असक्षम :
         
केपी ओली नेतृत्वको दलाल सरकार चाहेर पनि विश्व व्यापी रुपमा फैलिएको यस कोरोना भयावहलाई रोकथाम गर्न र निर्मूल पार्ने क्षमता राख्ने सक्ने वाल छैन । किनभने पहिलो नम्बरमा यो दलाल सरकार हो । दलाल भएकै कारण यो सरकार आफै स्वाभाविक रुपले चल्न सक्तैन । किनभने यो सरकारलाई दलालहरुले चलाइरहेका छन् । विचौलियाहरुले चलाइरहेका छन् । भ्रष्टाचारीहरुले , माफियाहरुले , कालाबजारियाहरुले , तस्करहरुले , कमिशनखोरहरुले , ठक ठेकेदारहरुले , हत्यारा र बलत्कारीहरुले र भ्रष्ट कर्मचारीतन्त्रद्वारा यो केपी ओली नेतृत्वको दलाल सरकार चल्ने भएकोले यसले चाहेर जनचहाना अनुसार , राष्ट्रको आवश्यकता अनुसार यो दलाल सरकार चल्न सक्त ।
           
दोस्रो नम्बरमा  त्यसो भएर जनताको चाहना अनुसार सरकार चल्नलाई त जनताकै सरकार हुनु अनिवार्य हुन्छ । नेपाली जनताले त्यो सुनौलो दिन ल्याउन बाँकी नै छ ।
     
अन्त्यमा माथि उल्लेखित तमाम कारणले गर्दा नेपालमा कोरोना संक्रमण र जोखिम बढेर ठूलो मानवीय क्षति भइरहेको छ  र मुलुक भयावहको स्थितिमा गुज्रन बाध्ये भइरहेको छ । यसबाट मुक्ति पाउनका लागि चेतनशील जनताको अग्रगामी चेतनाको विकास गर्न र जीवन व्यवहारमा उतार्न जरुरी छ । जनता नै शक्तिका प्रमुख श्रोत हुन् ।
 
( लेखक: नेकपा ( क्रान्तिकारी माओवादी ) को केन्द्रीय मुखपत्र ” माओवादी ” का सम्पादक हुन् ) ।