आज मिति २०७७ साल कार्तिक ६ गते बिहीबार पाथीभरा मातालाई दर्शन गरी आजको राशीफल पढ्नुहोस्

मेष- आज आँटेको र ताकेको कार्य पुरा होला । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । व्यापारमा सफलता मिल्नेछ ।

 

 

मिथुन – आज आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । चुनौतीको सामना गर्नुपर्ला । बढी मेहनत गरे बढी फाइदा लिन सकिनेछ ।

 

 

सिंह – दैनिक कार्यमा प्रगती हुनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । दिनको उत्तरार्ध सुखद् रहनेछ ।

 

 

तुला – कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभ समाचार सुन्न पाइएला । नयाँ कार्यको थालनी होला ।

 

 

धनु- आज महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । स्वादिष्ट भोजन पाईनेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । कुटुम्बको सहयोग मिल्नेछ ।

 

 

कुम्भ – विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । आँटेको र ताकेकोकार्य पुरा होला । पार्टनसीपको कार्यमा सफलता मिल्नेछ ।

 

 

वृष – आज आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । वियोग र छटपटी बढ्नाले मन कमजोर रहला, तर साँझमा कार्य सम्पादन हुनसक्छ ।

 

 

कर्कट – आज रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । बोलीको प्रभाब बढ्नेछ । मंगल कार्यको योगछ । चिन्ता छाडेर चिन्तन गर्ने समयछ ।

 

 

कन्या- आज वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । नयाँ कर्यको थालनी हुनेछ । पढाइ लेखाइमा प्रगति हुनेछ । रमाइलो यात्राको योग रहेको छ ।

 

 

वृश्चिक –नयाँ कार्यको थालनी हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ ।

 

 

मकर- आर्थिक कारोवारमा बिवाद आउनेछ । चोटपटकको भयछ सचेत रहनुहोला । स्वास्थ्यमा समस्या आउला । पारिवारीक झैँ–झमेला आउला ।

 

 

मीन – आज काममा अपेक्षाकृत सफलता हात पर्नेछ । रोकिएको धन हात पर्ला । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापारमा मनग्ये धनलाभ हुनेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल