भोलिदेखी दैनिक कोरोना भइरस प्रेस ब्रिफिङ नहुने

काठमाडौं,कार्तिक १२ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब दैनिक कोरोना भइरस कोभिड–१९को प्रेस ब्रिफिङ नगर्ने जनाएको छ ।

 

दशैंको विदा भएकोले केही दिन रोकिएको प्रेस ब्रिफिङ आज भएको थियो । अब भोलि बिहीबारदेखि भने दैनिक  प्रेस ब्रिफिङ नहुने स्वस्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

 

 अब सातामा दुई दिन आइतबार र बुधबार मात्र कोरोना भाइरस कोभिड–१९ को प्रेस ब्रिफिङ हुने उनले जनाएका छन् । अरु दिनको सूचना मन्त्रालयको वेबसाइट, भाइबर ग्रुप र सामाजिक सञ्जालमा दिइने गौतमले जानकारी दिएका छन्।