आज बिहिबारको मौसम पूर्वानुमान

काठमाडौं,कार्तिक २७। जल तथा मौसम विज्ञान विभाग र मौसम पूर्वानुमान महाशाखाले आजको मौसम बुलेटिन जारी गरेको छ।

त्यस्तो कुनै पनि उल्लेखनीय मौसमी प्रणाली नरहेको माहाशाखाले जानकारी दिएको छ।

 

हाल मौसमको अवस्था प्रदेश न १ र गण्डकी प्रदेशका उच्च पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएकाे छ ।

 

त्यस्तै दिउँसो प्रदेश न १, वागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने जनाएकाे छ ।

 

त्यस्तै महाशाखाले राती प्रदेश न १, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने जनाएकाे छ ।