आज शनिबारको मौसम पूर्वानुमान

काठमाडौं,कार्तिक २९।जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले आजको मौसम बुलेटिन जारी गरेको छ।

हाल देशभरको मौसममा प्रभाव पार्ने उल्लेखनीय मौसमी प्रणालीको विकास भएको छैन । देशको पहाडी भू–भागको केही स्थानहरुको मौसममा आंशिक बदली रहेको छ । देशका बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

 

आज दिउँसो प्रदेश १, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागको मौसममा आंशिक बदली रहने सम्भावना देखिएको छ ।

 

त्यस्तै देशका बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।

 

त्यसैगरी आज राती कर्णाली र सुदूरपश्चिम प्रदेशका भु–भागको मौसममा आंशिक देखि सामान्य बदली हुने सम्भावना रहेको छ ।

 

त्यस्तै बाँकि प्रदेशका पहाडी भु–भागको मौसममा पनि आंशिकदेखि सामान्य बदली रहने छ ।

देशका अन्य भू–भागको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।