सडकमा राजसंस्था पुन:स्थापनाको नारा लाग्न थाले पछि : प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

काठमाडौँ,मंसिर २२। प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् ।बैठक भोलि (मंगलबार २३ गते) ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रधानमन्त्री कार्यलयले जनाएकाे छ ।

 

आफ्नै दलभित्रको किचलो उत्कर्षमा पुगेका बेला पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले सर्बदलीय बैठक बोलाएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक राष्ट्रिय राजनीतिका विषयमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको बैठक आयोजना गरिएको स्राेतले बताएकाे छ ।

 

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी भित्र सत्ता संघर्ष चर्किरहेको र दलको स्थायी समिति बैठकमा समेत सहभागि नभएका प्रधानमन्त्रीले बोलाएको सर्बदलीय बैठकले धेरैको ध्यानाकर्षण गराएको छ ।

 

प्रधानमन्त्रीले के विषयमा छलफल गर्नका लागि यो बैठक डाक्न लागेको भन्ने अझै यकिन भने हुन सकेको छैन । तर अहिलेको बदलिदो परिस्थिति र समसामयिक विषयमा छलफल हुने स्राेतले जनाएको छ ।

 

खासगरी पछिल्ला दिनमा सडकमा देखिएको प्रदर्शनका विषयमा दलहरुको साझा धारणा बुझ्नका लागि बैठक डाकिन लागेको स्रोतको भनाइ छ ।