तोकिएकै समयमा चुनाव हुन्छ, ढुक्क हुनुस् : प्रधानमन्त्री ओली

काठमाडौं,माघ १७। प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएको मितिमा निर्वाचन हुने भएकोले ढुक्क हुन आश्वस्त पारेका छन् ।

 

चितवनमा आयोजित जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वैशाख १७ र २७ मा चुनाव हुनेमा आश्वस्त पारेका हुन्।

 

उनले भने, ‘केहीले चुनाव गराउनका लागि मिति तोकेकै होइन भनेर गलत हल्ला फैलाइरहेका छन् । ढुक्क हुनुस्, चुनाव तोकिएको मिति वैशाख १७ गते शुक्रबार र २७ गते सोमबार हुन्छ । त्यसको तयारीमा लाग्‍नुस् ।

 

उनले वैशाखमा हुने निर्वाचनमा जनताको हितका काम गर्ने र विकासप्रमी उम्मेदवारलाई जिताएर पठाउसमेत मतदाताहरुलाई आग्रह गरेका छन् ।

 

उनले भने, यहाँ भाषण गर्ने र अन्तै नाबी अन्तै जोडिएकाहरुलाई अब जिताउनु हुँदैन । विकासप्रेमीलाई नेतालाई जिताएर पठाउनुस् ।

 

प्रधानमन्त्री ओलीले पार्टी फुट्यो भनेर पीर नगर्नसमेत कार्यकर्तालाई आश्वस्त पारेका छन् । उनले भने, “पार्टी फुट्यो भनेर पीर नगर्नुस् । पिलो निचोरेर शरीरको तौल कम हुँदैन । पार्टी एक ढिक्का छ । केही चित्त नबुझेकाहरु चोइटिएर अलग भएका हुन् ।