क्रान्तिकारी माओवादी निकट क्रान्तिकारी युवा लिग रुपन्देहीमा नयाँ नेतृत्व संसदीय ब्यवस्थाको बिरुद्ध प्रर्दशन

रुपन्देही,माघ १७। नेकपा (क्रान्तिकारी माओवादी) निकट क्रान्तिकारी युवा लीग रुपन्देहीको जिल्ला भेलाले हरि थापाको अध्यक्षतामा १५ सदस्सीय जिल्ला समिति चयन गरेको छ ।

समितिको उपाध्यक्ष दर्शन गुरुंग, सचिवमा सिता थापा, सहसचिवमा किशोर पौडेल, कोषाध्यक्षमा राजन सुनार र सदस्यहरुमा दिनेश चापागाई, निरु पुन , छवि राना, रियाज आलम, यज्ञ काफ्ले, जागृत खड्का , किसन थापा ,मिलन भुजेल, बालकृष्ण थारु, समिर पोखरेललगायत चयन भएका छन् ।

कार्यक्रममा प्रमुख अथिति नेकपा (क्रान्तिकारी माओवादी)का पोलिटब्युरो सदस्य प्रेम सुवेदीले रहेका थिए । उनले भने, अब नयाँ जनवादी क्रान्तिका लागि युवाहरु संगठित हुनुपर्ने बेला आएकाे उनले बताए । उनले संसदीय ब्यवस्थाको आयु पुगेको चर्चा गर्दै युवाहरुले क्रान्तिको नेतृत्व लिनुपर्ने बताएका छन् ।

 

कार्यक्रममा क्रान्तिकारी युवा लीगका लुम्बिनी प्रदेश सचिव प्रगति राना मगरले युवाहरु दुई प्रकृतिका रहेको उल्लेख गर्दै क्रान्तिकारी युवाहरु अन्य युवाहरु भन्दा फरक भएको बताए ।

कार्यक्रममा जिल्ला पार्टी सेक्रेटरी बिनोद मरासिनी , क्रान्तिकारी टे«ड युनियन महासंघका चन्द्र प्रसाद पोखरेल , दिलबहादुर चुदारा , कमला गौतम अखिल क्रान्तिकारीका जिल्ला संयोजक संगम थापा , देजमोका पदम थापालगायतको आतिथ्यता रहेको थियो । कार्यक्रम राजु भुजेलको संचालनमा भएको थियो ।

 

त्यस्तै नेकपा (क्रान्तिकारी माओवादी )ले संसदीय ब्यवस्थाको बिरुद्ध रुपन्देहीमा प्रर्दशन गरेको छ । कार्यक्रममा पार्टी पोलिटब्युरो सदस्य तथा प्रदेश ईञ्चार्ज प्रेम सुवेदी , क्रान्तिकारी युवा लीगका प्रदेश सचिव प्रगति राना मगर र जिल्ला पार्टी सेक्रेटरी विनोद मरासिनीले सम्बोधन गरेका थिए ।