नेपालमा थप १५९ जनामा कोरोना संक्रमण पुष्टि,कुन जिल्लामा कति थपिए संक्रमित

काठमाडौं,माघ १९।नेपालमा थप १ सय ५९ जना कोरोना संक्रमण पुष्टि भएको छ। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७१ हजार १ सय १८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये २ हजार ४ सय ८९ जना सक्रिय संक्रमित छन्।

 

पछिल्लो २४ घण्टामा ४ हजार १ सय ४५ जनाको पिसिआर परीक्षण गर्दा १ सय ५९ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २० लाख ७५ हजार १ सय ५२ पुगेको छ।

 

पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन। हाल ९७ जना क्वारेन्टाइनमा छन्। गत २४ घण्टामा २ सय ६४ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६६ हजार ६ सय पुगेको मन्त्रालयले जनाएको छ।

 

यस्तै, देशभर हाल १ सय ५० जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। १ सय २८ जना आइसियु र २२ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

 कुन जिल्लामा कति थपिए संक्रमित

प्रदेश १ को तेह्रथुममा १ र सुनसरीमा ४ जनामा कोरोना भेटिएको छ। प्रदेश २ को बारा र महोत्तरीमा १÷१ जनामा कोरोना पाइएको छ।

 

बागमती प्रदेशको काठमाडौंमा मात्र ७० जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा ५, चितवनमा १६, धादिङमा १, नुवाकोटमा ५, भक्तपुरमा ५, मकवानपुरमा १ र ललितपुरमा १० जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

 

पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा २१, गोरखामा २, तनहुँमा २, म्याग्दीमा १, लमजुङमा २ र बागलुङमा २ जनामा कोरोना पुष्टि भएको छ।

 

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा २, गुल्मीमा २, पाल्पामा २, बाँकेमा २ र रोल्पामा १ जनामा कोरोना पाइएको छ। पछिल्लो २४ घण्टामा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको कुनै पनि जिल्लामा कोरोना नभेटिएको मन्त्रालयले जनाएको छ।