अन्तराष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले गर्यो म्यानमारमा भएको सैन्य ‘कू’को विरोध(प्रेस वक्तव्यसहित)

विषय : प्रेस वक्तव्य :

आज सन २०२१ फेब्रुअरी १ का दिन म्यानमारमा सेनाले  ” कू ” गरेर सत्ता हातमा लिएको छ । स्थानीय सगयानुसार सोमबार बिहानैै सेनाले सत्ताधारी पार्टी  नेशनल लिग फर डेमोक्रेसीकि नेतृ आङ साङ सूची   सहित शीर्ष नेताहरूलाई नियन्त्रणमा लिएर सत्ता आफ्नो हातमा लिएको , सेना समर्थित टेलिभिजनबाट भिडियो जारी गर्दै सेनाले  एक वर्षका लागि म्यानमारमा संकटकालक‍ो घोषणा समेत गरेको , गत नोभेम्बरको चुनावमा भएको धाँधलीको जवाफमा नेताहरुलाई पक्राउ गरिएको सेनाले जनाएको , सेनाका प्रमुख मीन आङ हलाइङ्गलाई सत्ताको जिम्मेवारी दिइएको म्यानमार आर्मीले बताएको समाचार संस्था रोयटर्सले जनाएको छ ।
       
गएको नोभेम्बरमा भएको चुनावमा विजयी भएका सांसदहरुसहित तल्लो सदनको पहिलो बैठक सोमबारका लागि बोलाइएको बेला सूचिसहितका नेताहरुलाई पक्राउ गरि सेनाले सत्ता हत्याएको , शुचि पकाउ परेसंगै राजधानी सहित म्यानमारको प्रमुख शहरमा इन्टरनेट सेवा अवरुद्ध भएको , यस्तै अरु प्रजातन्त्रवादी नेताहरू पनि पकाउ परेको , राजधानी सहितका प्रमुख शहरहरुमा सैनिक ठूलो संख्यामा तैनाथ भएको बीबीसीले जनाएको छ ।
     
 त्यस्तै स्थानीय समयानुसार सोमबार बिहानै सूचीसहित राष्ट्रपति विन मिन्ट र अरु नेताहरुलाई सेनाले पकाउ गरेको एनएलडीका प्रवक्ता मिओ निउन्तले समाचार संस्था रोयटर्सलाई टेलिभिजनमार्फत बताएका , राजधानी सहितका शहरमा टेलिफोन सेवा पनि अवरुद्ध भएको  , सेनाले विभिन्न राज्यका मुख्यमन्त्रीहरुलाई पनि उनीहरूकै घरबाट पकाउ गरेको पक्राउ परेका प्रवक्ता मिओले बताएका छन् । 
       
यसरी  सैनिक ” कू ” गरी म्यानमारका सेनाले सिमित प्रजातन्त्रको घाँटी निमोटेर म्यानमारमा स्वयतआतंक मच्चाउदै एक वर्ष सम्म संकटकालको घोषणा गरेर मुलुकलाई अन्धकारमा धकेल्ने , इन्टरनेट , टेलिफोन जस्ता सञ्चार संस्थाहरुमाथि प्रतिबन्ध लगाउने र म्यानमारका जनाएको मौलिक तथा प्रजातान्त्रिक हक अधिकारमाथि म्यानमारको सेनाले गरेको उक्त सैनिक ” कू ” प्रति संसारभर क्रियाशील क्रान्तिकारी लेखक तथा पत्रकारहरुको छाता संगठन हाम्रो अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र घोर भ्रत्ससहना र विरोध गर्दछ र मुलुकलाई तुरुन्तै प्रजातान्त्रिक प्रक्रियामा फिर्ता गर्न र नेतृ आङ साङ सूचीसहित पक्राउ गरिएका सम्पूर्ण नेताहरूलाई विनासर्त तुरुन्त रिहा गरि प्रजातन्त्रको पूर्ण समर्थन र सम्मान गर्न हाम्रो संगठनले म्यानमारको सेनालाई आग्रह गर्दछ । 
         
साथै संसारभर क्रियाशील क्रान्तिकारी लेखक , पत्रकार , साहित्यकार तथा कलमजीवि वर्ग र सम्पूर्ण प्रजातन्त्रप्रति आस्थावान जनसमुदायलाई म्यानमारको सेनाले चालेको फासीवादी सैनिक “कू ” का सबै हर्कतहरुलाई अविलम्ब फिर्ता लिई म्यानमारमा प्रजातान्त्रिक व्यवस्थाको पुनर्वहाली गराउन आ- आफ्नो देश र स्थानबाट आवाज बुलन्द गर्न हाम्रो प्यारो संगठन अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र  हार्दिक अपिल गर्दछ ।
 
मिति : १ फेब्रुअरी २०२१ 
                                                                                                      ( हस्तबहादुर केसी )
                                                                                                             अध्यक्ष 
                                                                                              अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र 
                                                                                              केन्द्रीय कार्यालय , काठमाडौं , नेपाल