सेनिटाइजरको अधिक प्रयोग खतरनाक

काठमाडौँ,फागुन ९ । कोरोना महामारी (कोभिड–१९)ले ह्यान्ड सेनिटाइजर’ प्रयोग गर्न सिकायो तर यसको प्रयोग गर्न नजान्दा त्यसले पार्ने असरका बारेमा सायदै हेक्का राख्ने गरिएको छ ।

 

छालारोग विशेषज्ञ डा. मेलिना अमात्यले भनिन्, “कोरोना सङ्क्रमण मात्र नभएर विभिन्न सरुवा रोगबाट बच्न ह्यान्ड सेनिटाइजर प्रयोग गर्नु राम्रो हो तर सेनिटाइजर प्रयोग कस्तो बेला गर्ने र कस्तो बेला नगर्ने भन्नेबारे भने निकै ध्यान पु¥याउनुपर्छ ।

 

हात धुन सम्भव भएको ठाउँमा सेनिटाइजरको प्रयोग गर्नु गलत बानी भएको बताउँदै उनले विभिन्न रसायन र अल्कोहल प्रयोग गरेर तयार गरिने सेनिटाइजरले कतिपय अव‚थामा हानि गर्ने बताइन् ।

 

डा.अमात्यले सेनिटाइजरको काम फोहोर हातलाई सफा गर्नु मात्र नभएको प्रस्ट पार्दै भनिन्, “हात फोहोर भएको बेला सेनिटाइजर होइन, साबुनपानीको प्रयोग गर्नुपर्छ ।

 

सेनिटाइजर प्रयोग गरिएको २० सेकेन्डपछि मात्र कीटाणु मर्छ ।यो समाचार आजको गोरखापत्र दैनिकमा यलु जोशीले लेखेकी छन् ।