आज यी प्रदेशका केही स्थानहरुमा मेघगर्जन र चट्टयाङसहित वर्षाको सम्भावना

काठमाडौं,फागुन २३। जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले आजको मौसम बुलेटिन जारी गरेको छ। हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

 

हाल मौसमको अवस्था देशका पहाडी भूभागहरूमा आंशिक बदली रहेको छ भने बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहेको छ।

 

आज दिउँसो देशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली भई बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहने छ।

 

देशको पहाडी भूभागहरुको थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयाङ सहित वर्षा को सम्भावना रहेको छ । देशको केही उच्च पहाडी तथा हिमाली भूभागहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

 

त्यस्तै आज राती देशका पहाडी भूभागहरुमा सामान्य बदली भई बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहने छ।

 

गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशहरुको पहाडी भूभागहरुको थोरै स्थानहरुमा तथा वागमती र प्रदेस १ का एक वा दूई स्थानहरुमा मेघ गर्जन र चट्टयाङ सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको केही उच्च पहाडी तथा हिमाली भूभागहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

 

देशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली भई पहाडी भूभागहरुको थोरै स्थानहरुमा मेघ गर्जनरचट्टयाङ सहित वर्षा को सम्भावना रहेको छ ।

 

साथै देशको केही उच्च पहाडी तथा हिमाली भूभागहरुमा हल्का हिमपातको सम्भावना रहेकोहुनाले आवश्यक सतर्कता अपनाउन अनुरोध छ ।