आज यी प्रदेशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली, मेघगर्जन र चट्टयाङसहित क्षणिक वर्षाको सम्भावना

काठमाडौँ,फागुन २५। हाल देशभरको मौसममा पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको छ।हाल देशका पहाडी भू–भागहरूको मौसममा आंशिक बदली रहेको छ ।देशका बाँकी भू–भागहरूको मौसम सामान्यतया सफा रहेको छ।

 

आज काठमाडौंको न्युनतम तापक्रम ९ डिग्री सेल्सियस रहेको छ भने अधिकतम तापक्रम २५ डिग्री सेल्सियस रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

 

 

आज दिउँसो गण्डकी, वागमती र प्रदेश १ का पहाडी भू–भागहरुको मौसममा आंशिकदेखि सामान्य बदली हुने सम्भावना देखिएको छ । देशका बाँकी भू–भागहरूको मौसम सामान्यतया सफा रहने सम्भावना छ।

 

 

अपरान्ह पश्चात गण्डकी, वागमती र प्रदेश १ का पहाडी भू–भागका एक, दुई स्थानहरुमा मेघ गर्जन र चट्टयाङसहित क्षणिक वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

 

 

त्यसैगरी आज राती देशका पहाडी भू–भागहरुको मौसममा आंशिक बदली हुने सम्भावना देखिएको छ ।देशका बाँकी भू–भागहरूको मौसम सामान्यतया सफा रहने सम्भावना छ।

 

 

प्रदेश नं १ को पहाडी भू–भागहरुका एक, दुई स्थानहरुमा मेघ गर्जन र चट्टयाङसहित क्षणिक वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।