अखिल (क्रान्तिकारी)को जिल्ला भेला सम्पन्न मनोज थापाको नेतृत्वमा १८ सदस्यीय जिल्ला कमिटी गठन

काठमाडौं,चैत १४। नेकपा (क्रान्तिकारी माओवादी) निकट  अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (क्रान्तिकारी) दाङ देउखुरी जिल्ला भेला आज राप्ती बबई बहुमुखी क्याम्पस तुलसीपुरमा भव्यरूपमा सम्पन्न भएको छ ।

 

उक्त कार्यक्रममा बाेल्दै अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेलले शिक्षा र स्वास्थ्य क्षेत्रमा शैक्षिक माफियाहरूले, ब्यापारीकरण,  माफियाकरण, दलालीकरण ,भ्रष्टीकरणका बिरुद्धमा निर्मम सङ्घर्ष गर्दै शिक्षालाई पुर्णरुपमा निशुल्क ,सर्बसुलभ ब्यवहारिक,वैज्ञानिक जनबादी शिक्षा लागु गराउन अखिल (क्रान्तिकारी)ले नेतृत्वदायी भूमिका खेल्ने बताउनु भयाे।

त्यस्तै यस भेलाबाट नेतृत्वमा आउने बिद्यार्थीहरुले सधैं शिक्षा र स्वास्थ्य क्षत्रकाे विकृति हटाउन सङ्घर्षमा उत्रनुपर्ने पनि गजुरेलले बताउनु दिनुभयो ।

 

त्यस्तै नेकपा (क्रान्तिकारी माओबादी) दाङ देउखुरी जिल्ला इञ्चार्ज कमरेड समीरले अबको शैक्षिक राजनीतिक आन्दोलनमा बिद्यार्थी संगठन दरोरूपमा उभिनुपर्ने बताउदै भेलालाई सफलताको कामना दिनु भएकाे थियाे।  

 

 

भेलामा नेकपा (क्रान्तिकारी माओबादी)का केन्द्रीय सल्लाहकार माधब खनाल,अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (क्रान्तिकारी) का केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश संयोजक महेश श्रेष्ठ,थारु मुक्तिमोर्चाका केन्द्रीय महासचिव रामजी थारु ,पार्टीका दाङ देउखुरीका जिल्ला सेक्रेटरी नरेन्द्र बञ्जाडे लगायतका नेताले भेलालाई शुभकामना दिनुभएको थियोे ।

 

उक्त कार्यक्रमकाे अध्यक्षता मनोज थापाले गर्नु भएकाे थियाे भने स्वागत मन्तब्य बिद्यार्थी नेता तिर्सना क्षेत्रीले राख्नु भएको थियाे,कार्यक्रमकाे सञ्चालन डाइमन गिरीले गर्नु भएकाे थियाे। भेलाले ७ जना सदस्य पछि थप्ने गरि १८ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको छ ।

उक्त कार्यसमितिमा अध्यक्षमा मनोज थापा,उपाध्यक्ष -डाइमन गिरी ,पुष्पा भण्डारी,सचिव -अनुप सिङ भण्डारी, सहसचिव-करुणा सुनार,कोषाध्यक्ष- कार्यसमिति बैठकले मनोनीत गर्ने ,सदस्यहरु-करण खडका, आयुस रसाइली ,अभिषेक सिङ कौशल ,टीका शर्मा , सितल पुन ,पारस बि क, सीता चालिसे ,मार्मि केसी ,कमल वली ,ममता शर्मा ,पुष्पा थापा ,पुष्पा भण्डारी, भुपेश मिजारलगायतका भेलाबाट निर्वाचित भएका छन् ।

 


उक्त भेलाबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई देशभक्त जनगणतान्त्रिक मोर्चा दाङ देउखुरीका अध्यक्ष ईश्वरी प्रसाद गैरे संगठनले खेल्नुपर्ने भुमिका बारे चर्चा गर्दै बधाई तथा सफलताको शुभकामना ब्यक्त गर्नु भएको थियो ।