अखिल (क्रान्तिकारी)को भक्तपुर जिल्ला भेला सान्दाररूपमा सम्पन्न,सुनिल श्रेष्ठको नेतृत्वमा जिल्ला कमिटी गठन

काठमाडौं,चैत १४। नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी)ले सुर्यविनायक भक्तपुरमा जिल्ला भेला आज सान्दाररूपमा सम्पन्न भएको छ ।

 

त्यस्तै भेलाले सुनिल श्रेष्ठलाई संयोजक र सुमन अस्थानी मगरलाई सहसंयोजकका रुपमा चयन गर्दै जिल्ला कमिटिकाे भेला सम्पन्न गर्दै चैत २१ गते प्रथम बैठक बाेलाउने निर्णय गरिएकाे छ।  

उक्त कार्यक्रममा बोल्दै अखिल (क्रान्तिकारी)की केन्द्रीय उपाध्यक्ष शिलु न्याैपानेले शिक्षा र स्वास्थ्य क्षेत्रमा शैक्षिक माफियाहरूले, ब्यापारीकरण,दलालीकरण ,भ्रष्टीकरणका बिरुद्धमा सङ्घर्ष गर्दै शिक्षालाई पुर्णरुपमा निशुल्क ,सर्बसुलभ ब्यवहारिक र वैज्ञानिक शिक्षा लागु गराउन अखिल (क्रान्तिकारी)ले नेतृत्वदायी भूमिका खेल्ने बताउनु भयो।

 

त्यस्तै आफ्नो देशको भूगोल सुवाउँदो आफ्नै देशमा विकासका पुर्वाधार निर्माण गर्दै राष्ट्रिय,स्वाधीनता र सार्वभौमसत्ताका लागि सारा विधार्थीहरु एक भएर संघर्षको अग्रगामी मोर्चामा अगाडी बड्नु पर्ने पनि बताउनु भयाे।

 

उक्त कार्यक्रमकाे प्रमुख अतिथि अखिल(क्रान्तिकारी) कि केन्द्रीय उपाध्यक्ष शीलु न्यौपानेले गर्नु भएकाे थियाे भने अतिथिमा नेकपा (क्रान्तिकारी माओवादी)का केन्दिय सदस्य तथा भक्तपुर जिल्ला इन्चार्ज सोमान सिह तामाङ,त्यस्तै केन्दिय सदस्य फुर्नामगेल मोक्तान,क्रान्तिकारी युवा लिगका केन्दिय उपाध्यक्क्ष तथा ३ न प्रदेश अध्यक्ष केसव ढोलाकोटी,  अखिल नेपाल टेडयुनियन महासंघका के.स. राम कुमारलगायत जिल्ला नेताहरूको समेत उपस्थित रहेको थियाे।

 

त्यस्तै चैत २४ काे  एतिहाँसिक दिनमा विद्यार्थीहरुले केही दशक अघिका आन्दोलन,जनआनदोलन,अधिकारहरुका भिषण मोर्चाहरुमा कथित तानाशाही व्यवस्था फ्याक्न प्रमुख भुमिका निर्वाहा गरेको स्मरण गर्नु भयाे।

 

उहाँले भन्नु भयाे,अन्याय,अथ्यचार,शोषणमा ,दमनमा परेका लाखौं विधार्थीहरु केन्दित गरेर संसदिय व्यवस्था फ्याक्ने र संघिय जनगणतन्त्र ल्याउन विधार्थी सचेत र संगठित हुदै संघर्षमा उत्रिनुको विकल्प नभएको पनि बताउनु भयाे।

 

त्यस्तै राम कुमारले आफु पनि विधार्थीकाे अभिभावक भैइरहँदा आफ्ना कलिला बालबालिकाले शैक्षिक सामाग्री माग्दा दिन नसकेको र कलेजको चर्को शुल्कको कारण असमानता पैदा गरेकाले कलेज पठाउन नसकेको उहाँले दुखेसाे गर्नु भयाे।  

 त्यस्तै केशवले अब विधार्थी र युवाहरुले समान शिक्षाको लागि लड्नु पर्ने र त्यो उचित समय अहिलेनै आएको बताउनु भयाे र हामी जुट्दै अगिबड्नु पर्ने समय  यही भएकाे पनि उहाँले बताउनु भयो।

उक्त कार्यक्रममा बाेल्दै सोमान सिहले भन्नु भयाे, नेकपा (क्रान्तिकारी माओवादी) मात्र याे हाम्रो देशको असलि कमयुनिष्ट पर्टी रहेको बताउनु भयाे। अरु सवै पार्टी  भनेको आफ्नै सत्ता र कुर्सिलाइ जाेगाउने र सत्तामा बसिरहने हुन जनताको जनजिविकालाई,रोजगारलाई,निशुल्क शिक्षा जस्ता हरेक सवालमा जनतालाई सपना मात्र देखाउने माफियाहरुको संरक्षण गर्ने दलाल सरकार र व्यवस्था फ्याकेर नयाँ जनवादी क्रान्ति सम्पन्न गर्दै अहहिलेको फेलियर संसदीय व्यवस्थाकाे   एक मात्र विकल्प भनेको संघिय जनगणतन्त्र भएकाे उहाँले स्पष्ट पर्नु भन्नुभयो।

 

 

उक्त भेलाबाट निर्वाचित कमिटीका सदस्यहरुलाई संगठन र पार्टीका नेताहरूले बधाई तथा सफलताको शुभकामना ब्यक्त गर्नु भएको थियो ।