तान्त्रिक प्रयोगका लागि महिलाका अंग बेचबिखन गर्न हत्या,पाँच जना पक्राउ,एउटै औंलाको मूल्य ८० लाखसम्म

काठमाडौं,बैशाख ४। तान्त्रिक प्रयोगका लागि महिलाका शारिरीक अंग बेचबिखन गर्ने गिरोहलाई जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले पक्राउ गरेको छ।

 

त्यस्तै पक्राउ पर्नेमा ३९ वर्षिय अव्दुल कलाम मुसलमान र ४५ वर्षिय बेलाल अहमद मुसलमान, शुद्धोधन नगरपालिका–५ का ५५ वर्षिय रामहरव यादव, रूपन्देही सैनामैना नगरपालिका–१ का ६७ वर्षिय कर्ण बहादुर सुनार र नवलपरासीको मध्यविन्दु नगरपालिका–७ घर भई हाल बुटवल उपमहानगरपालिका–९ शिबनगर डेरा गरी बस्ने ६७ वर्षिय खेम बहादुर मल्ललाई प्रहरीले पक्राउ गरेको छ।

 

अनुसन्धानका क्रममा यो गिरोहले एउटा औंलाको ८० लाखसम्म दाम आउने भन्दै महिलाको हत्या गरेको प्रहरीले जनाएको छ।

 

रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–५ मनहरपुरकी सरजहा दर्जीको हत्या पनि यहि गिरोहले गरेको प्रहरीले पत्ता लगाएको छ।

 

कपिलवस्तुको शुद्धोधन गाउँपालिका–६ स्थित बेतिया नदिमा उनको शव फेला परेको थियो। कसैले पत्ता लगाउन नसकोस् भनेर शव बोरामा कोचेर ढुंगासमेत राखि खोलामा फालिएको थियो। ‘लास डुबोस् भन्ने चाहनाअनुसार यसरी बोरामा राखिएको रहेछ’, प्रहरी स्रोतले भन्यो।

 

हातका औंलाहरू काटिएका थिए। विवाह गरी कपिलबस्तुको महाराजगञ्ज आएकी हत्या गरिएकी महिला १२ बर्षअघि मृत्यु भएपछि माइतीमा नै बस्थिन्।

 

शुद्धोधन गाउँपालिका २ नन्दनगरका अब्दुल कलाम मुसलमान र बेलाल अहमद मुसलमानसँग मृतकको चिनजान थियो। १२ चैतमा अब्दुल र बेलाले दर्जीलाई फोन गरी बोलाए।

 

प्रहरीसँगको बयानका क्रममा अभियुक्तले भनेका छन्,‘बेतिया नदिनमा बोलाएर पहिला घाँटी थिचेर चलमलाउन दिइएन अनि औंला काटियो। त्यसबेलासम्म दर्जीको मृत्यु भइसकेको थियो। उनिहरूलाइ संगठित अपराध, कर्तव्य ज्यान, मानव बेचबिखनलगायतका मुद्दा चलाउने प्रहरीले तयारी गरेकाे छ। प्रहरीले थप अनुसन्धान भैरहेकाे जनाएकाे  छ।