नेपालमा थप १२८१ जनामा कोरोना संक्रमण पुष्टि,काठमाडौं उपत्यकामा मात्र ६३४ जनामा संक्रमण

काठमाडौं,बैशाख ६। नेपालमा थप १२८१ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ। पछिल्लाे २४ घण्टामा ७ हजार ५ सय ४८ जनाको परीक्षण गर्दा १ हजार २ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

 

पिसिआर परीक्षणमा १ हजार २ सय ८१ र एन्टिजेनमा ५४ गरी १ हजार २ सय ८१ जनामा कोरोना पुष्टि भएको हो। जसमध्ये ७ हजार २ सय ५४ जना आइसोलेसनमा छन्।

 

यसअघि आइतबार १ हजार ९६ जना कोरोना संक्रमित भेटिएका थिए। यो सँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ८५ हजार ९ सय पुगेको छ।

 

यस्तै हालसम्म २३ लाख ५२ हजार ५ सय २ जनाको पिसिआर परीक्षण भएको छ। पछिल्लाे २४ घण्टामा ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या ३ हजार ९१ पुगेको छ। हाल ८१ जना क्वारेन्टाइनमा छन्।

पछिल्लाे २४ घण्टामा २ सय ५५ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै निको हुनेको संख्या २ लाख ७५ हजार ५ सय ५५ पुगेको मन्त्रालयले जनाएको छ।

 

त्यस्तै काठमाडौं उपत्यकामा मात्र ६३४ जनामा काराेना संक्रमण पुष्टि भएकाे छ।जसमध्य काठमाडौंमा ५०५, ललितपुरमा ९७ र भक्तपुरमा ३२ जना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ।