यी प्रदेशमा अपरान्ह पछि मेघगर्जन,चट्टयाङ्ग,हावाहुरी र असिनासहित क्षणिक वर्षाको सम्भावना

काठमाडौं,बैशाख ७। जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले आजको मौसम बुलेटिन जारी गरेको छ। अपरान्ह पछि देशको पश्चिमी भूभागमा स्थानीय वायुको साथसाथै पश्चिमी वायुको प्रभाव रहने देखिन्छ ।

 

हाल मौसमको अवस्था देशको उच्च पहाडी भूभागहरुमा आंशिक बदली रहेको छ भने बाकी भूभागको मौसम सामान्यतया सफा रहेको छ।

 

 

 आज दिउँसो देशको सुदुरपश्चिम प्रदेश, कर्णाली,गण्डकी तथा लुम्बिनि प्रदेशमा आंशिक देखि सामान्य बदली रहि बाँकी भूभागमा आंशिक बदली रहनेछ।

 

 

देशको सुदुर पश्चिम तथा कर्णाली प्रदेशका थोरै स्थानहरू र बाकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानहरुमा अपरान्ह पछि मेघगर्जन,चट्टयाङ्ग र हावाहुरीर असिना सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

 

त्यस्तै आज राती देशको सुदुरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेशका भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।

 

देशको सुदुर पश्चिम तथा कर्णाली प्रदेशका थोरै स्थानहरू र बाकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानहरुमा अपरान्हतिर मेघगर्जन,चट्टयाङ्ग र हावाहुरीरअसिना सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

 देशको पहाडी भूभागका थोरै स्थानहरुमा साँझपख मेघगर्जन,चट्टयाङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।