अर्थमन्त्रालयले गिटी बालुवा निकासी गर्ने घोषणाको विरोध भएपछि,निकाल्यो,यस्तो विज्ञप्ती

काठमाडौं,जेठ १९। अर्थ मन्त्रालयले चुरे संरक्षणमा सरकार सचेत रहेको बताएको छ । बजेटमा गिटी, बालुवा निकासी गरेर व्यापार न्यूनीकरण गर्ने सरकारको घोषणाको चर्को विरोध भएपछि मन्त्रालय विज्ञप्ती जारी गर्दै यस्तो बताएको हो ।

 

 

चुरे क्षेत्रको दोहन हुन नदिन र वातावरण संरक्षणमा नकारात्मक प्रभाव पार्न नदिन सरकार सचेत रहेको अर्थ मन्त्रालयका प्रवक्ता महेश आचार्यले बताए ।

 

 

विज्ञप्ती जारी गर्दै आचार्यले चुरे क्षेत्रको दोहन हुन नदिन र वातावरण संरक्षण नकारात्मक प्रभाव पर्न नदिन सचेत रहेको बताए ।

 

 

चुरे क्षेत्रमा ढुंगा, गिटी, बालुवालगायत निर्माण सामग्रीको दोहन हुन नदिने नीतिको मूल मर्म भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

 

 

सँगै मन्त्रालयले सरकारी निकाय, वातावरणविद्, विषय विज्ञ, सरोकारवालासँग छलफल गरेर प्राप्त सुझावका आधारमा कार्यविधि, निर्देशिका, मापदण्ड बनाएर अगाडि बढ्न सरकार प्रतिवद्ध रहेको उल्लेख गरिएको छ।