नेपाल-खनाल समूहको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं,जेठ २४।नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठक आज बस्दै छ।

 

 

प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि राखेका प्रस्तावबारे भर्चुअल रूपमा छलफल गर्न लागेका हुन्।

 

 

 

प्रधानमन्त्री ओलीले आइतबार बेलुकी ६ बुँदे प्रस्ताव राखेका थिए। त्यसमा आफू २०७५ जेठ ३ कै संरचनाअनुसार पार्टी सञ्चालन गर्न तयार रहेको तर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएका हस्ताक्षर फिर्ता लिइनुपर्नेजस्ता बुँदा छन्।