तारकेश्वरमा फार्मेसी चलाउँदै आएका, नक्कली डिएसपी पक्राउ

काठमाडौं,जेठ ३१। आफूलाई नेपाल प्रहरीको डाक्टर प्रहरी नायब उपरीक्षक डिएसपीं हुँ भन्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

 

प्रहरीको पोशाक लगाएको फोटो फेसबुकमा राखेर आफूलाई नेपाल प्रहरीको डिएसपी हुँ भन्ने काठमाण्डौं तारकेश्वर नगरपालिका –६ का ४४ वर्षीय कृष्ण प्रसाद ढुङ्गानालाई प्रहरीले पक्राउ गरेको हो। उनलाई अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।

 

 

तारकेश्वरमा भिक्टोरिया नामको फार्मेसी संचालन गरिरहेका ढुङ्गानाले नेपाल प्रहरीको कर्मचारीलाई सशस्त्र प्रहरीको डिएसपी र सशस्त्र प्रहरीको कर्मचारीलाई नेपाल प्रहरीको डिएसपी हुँ भन्ने गरेको महाशाखाले जनाएको छ।

 

 

उनको साथबाट नेपाल प्रहरीको बिभिन्न पदहरूको यूनिफम लगाएका फोटाहरु, डिएसपीको पोशाक र जर्सी बरामद गरिएको महाशाखाले जनाएको छ।

 

 

उनको बारे आवश्यक अनुसन्धान भइरहेको र उनीबाट कोही पीडित भए खबर गर्न पनि महाशाखाले जनाएको छ।