नेपालमा थप २६०७ जनामा कारोना संक्रमण पुष्टि,थप २१४१ जना संक्रमणमुक्त,३९ जनाको मृत्यु

काठमाडौं। नेपालमा थप २६०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा निको भएर  घर जानेको संख्या २ हजार १ सय ४१ जना रहेकाे छ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७७११ जनामा भएको पीसीआर परीक्षणमा १७६८ र ४७७३ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८३९ गरी २६०७ जनामा संक्रमण पुष्टि भएको हो ।

 

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ३९ जनाको मृत्यु भएको छ भने २१४१ जना संक्रमणमुक्त भएका छन् ।

 

  हालसम्म कूल केस ६ लाख १५ हजार ९ सय ८४ पुगेको छ भने कूल संक्रमित ६१ हजार ७ सय २५ जना छन।

 

 

 

यसैगरी निको हुनेहरु ५ लाख ४५ हजार ६ सय ६२ जना पुगेका छन।कोरोनाबाट अहिले सम्म ८ हजार ५ सय ९७ जनाको मृत्यू भएको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले जनाएको छ।