आज मिति २०७८ साल असार १७ गते बिहीबार पाथीभरा मातालाई दर्शन गरी आजको राशीफल पढ्नुहोस्

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- विचार पुर्याएर निर्णय लिनु राम्रो होला । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । दाम्पत्य जीवनमा एक किसिमको निरासता आउन सक्छ ।

 

 

 

मिथुन का, कि, कु, घ, ङ, छ, के, को, हा- परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ । चिताएको कामले तीव्रता लिनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ ।

 

 

 

सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे- आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ । आफन्त सँग मनमुटाव बढ्ला र सामान हराउन पनि सक्नेछ सचेत रहनु होला ।

 

 

 

तुला रा, रि, रु, रे, रो, ता, ति, तु, ते- आज नयाँ काम गर्न सकिनेछ साथै साथ, सहयोग र समर्थन गर्नेहरू प्रशस्त भेटिनेछन् । सामाजिक र राजनैतिक क्षेत्रमा चासो बढ्नेछ ।

 

 

 

धनु ये, यो, भा, भि, भु, धा, फा, ढा, भे- एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पाउनेछन् । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन ।

 

 

 

कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, दा- आज अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । पारिवारिक सुख मिल्नेछ ।

 

 

 

वृष इ, उ, ए, ओ, वा, वि, वु, वे, वो- आज रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् ।

 

 

 

कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो- आज रोकिएका काम पुनः सुरु हुन सक्छन् । जग्गाजमिनको कारोबारबाट राम्रो फाइदा हुनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

 

 

 

कन्या टो, पा, पि, पु, ष, ण, ठ, पे, पो- आज धार्मिक तथा सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । अधुरा र जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ ।

 

 

 

वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु- सफल यात्रा गर्ने अवसर प्राप्त हुनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुख मिल्नेछ ।

 

 

 

मकर भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि-अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ ।

 

 

 

मीन दि, दु, थ, झ, ञ, दे, दो, चा, चि- आज शुभकार्यको चर्चा चल्नेछ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ, तर शेयर बजारमा नोक्सानी होला । राशिफल जे जस्तो भएपनि तपाईको दिन शुभ रहोस् । ( ज्यो।प। नारायणप्रसाद दुलाल