४१ वर्षपछि ओलम्पिक हकीमा भारतलाई पदक

काठमाडाैँ । भारतीय पुरूष हकी टीमले ४१ वर्षपछि इतिहास रच्दै ओलम्पिकमा पदक जितेको छ।

 

भारतीय टीमले बिहिबार जापानामा जारी ३२ औं संस्करणको टोकियो ओलम्पिक अन्तर्गत जर्मनीलाई ५(४ गोल अन्तरले हराउँदै कास्यपदक जितेको हो।

 

भारतले सन् १९८० मा रूसमा भएको मस्को ओलम्पिकमा स्वर्ण पदक जितेको थियो। त्यसयता भारतले हकिमा कुनै पनि पदक जितेको थिएन।

 

बिहिबार सुरूमा पछि रहेको अवस्था उल्ट्याउँदै भारतले कास्य पदक जितेको हो । अत्यान्त रोमाञ्चक खेलमा पहिलो हाफसम्म ३(३ गोलको बराबरी खेलेको भारतले दोस्रो हाफमा थप २ गोल थप्दा जर्मनीले १ गोल गर्न सफल भएको थियो।