सत्तारूढ गठबन्धनका नेताको बैठक बालुवाटारमा जारी

काठमाडौँ । सत्तारूढ गठबन्धनका नेताहरूको बैठक बालुवाटारमा जारी छ । आज बिहान बसेको बैठकमा मन्त्रिपरिषद विस्तार र दलहरूले पाउने मन्त्रालय टुंग्याउने विषयमा छलफल भएको छ।

 

गठबन्धन बैठकमा नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपाका अध्यक्ष उपेन्द्र यादव र नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष माधवकुमार नेपाललगायत छन्।

 

 

गठबन्धनका शीर्ष नेतासहित नेताहरू सोमबार पनि बालुवाटारमा छलफल गरेका थिए।