आज दिउँसो सामान्य बदली रही केहि स्थानहरुमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

काठमाडौं। जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले आजको मौसम बुलेटिन जारी गरेको छ।हाल नेपालमा मनसुनी वायुको प्रभाव कायमै रहेको महाशाखाले जनाएको छ।

 

 

 

हाल मौसमको अवस्था  देशभर सामान्य बदली रहि प्रदेश नं १ र बागमती प्रदेशका थोरै तथा गण्डकी प्रदेश कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका एक दुइ स्थानहरूमा वर्षा भइरहेको छ।

 

 

 

आज दिउँसो देशभर सामान्य बदली रही केहि स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

 

 

 

त्यस्तै आज राती देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।प्रदेश नं १ का एकदुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

 

 

देशको केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना साथै प्रदेश नं १ का एकदुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

 

 

पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउनु हुन अनुरोध छ।