प्रचण्ड पुगे झलनाथ खनाललाई भेट्न डल्लु

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालबीच भेट भएको छ । आज बिहान खनालको निवास डल्लुमा उनीहरूबीच भेट भएको हो ।

 

 

प्रचण्डले खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको प्रचण्डको सचिवालयले जनाएको छ। खनाल भारतमा उपचार गरेर केही दिनअगाडि स्वदेश फर्केका थिए । नयाँदिल्लीमा खनालको मिर्गौला प्रत्यारोपण गरिएको थियो।