काँग्रेस र देउवाका अनुयायी देखेर लोकतन्त्र रोइरहेको बस्नेतको आरोप

काठमाडौं ।नेकपा एमाले नेता महेश बस्नेतले नेपाली कांग्रेस देखेर लोकतन्त्र रोइरहेको आरोप लगाएका छन्। एमाले चाँगुनारायण नगर कमिटीको कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले त्यस्ताे भनेका हुन ।

 

 

उनले थपे हिजो केपी ओली तानाशाही भए ओलीको पालामा रुन पनि पाइँदैन भन्ने शेरबहादुर देउवा र लोकतन्त्रको हिमायती ठान्ने देउवा र कांग्रेसका अनुयायी देखेर लोकतन्त्र रोइरहेको छ ।

 

 

बस्नेतले मन्त्रिपरिषद् विस्तार गर्न नसक्ने सरकार अस्वस्थ रहेको बताए । ‘यसको जन्म नै परमादेशबाट भएको छ । यो सरकार जन्मिँदै अस्वस्थ कुपोषण भएर जन्मियो ।

 

 

यिनले ल्याएको बजेटले अघिल्लो सरकारको १४ सय सडक कटौती गर्यो । भक्तपुरका पनि परे । ओली सरकारको लोकप्रिय बजेट प्रतिस्थापन गरियो,’ बस्नेतले भने ।

 

 

देश विकास गर्ने शक्ति कमजोर पार्न एमाले फुटाइएको उनको आरोप थियो । ‘हिजो ओलीलाई आरोप लगाउने प्रचण्ड यो समग्र योजनाको डिजाइनर म र माधव नेपाल हो भनेर खुल्लम खुल्ला हिँडिरहेका छन्,’ उनले भने, ‘हाम्रोविरुद्ध चौतर्फी घेराबन्दी छ ।

 

 

सुखी नेपाली समृद्ध नेपालको लिड गर्ने पार्टी एमाले हो । यसलाई कमजोर नबनाएसम्म तस्कर माफियाको अड्डा बनाउन सकिँदैन भन्ने छ ।

 

 

 

चुनावसम्म सत्ता गठबन्धन नटिकाए एमालेलाई हराउन सकिँदैन भनेर प्रचण्ड गठबन्धन जोगाउन रातदिन लागिपरेको उनको भनाइ थियो । एमालेले एक्लै भिड्ने र यसका लागि नेता कार्यकर्ता सचेत हुनुपर्ने बस्नेतले जोड दिए ।