उत्तर कोरियाले फेरि प्रहार गर्‍यो अर्को मिसाईल

काठमाडौं। । उत्तर कोरियाले फेरि अर्को मिसाईल प्रहार गरेको छ । उत्तरको यो एक महिनामा चौथो आणविक परीक्षण हो । हाइपरसोनिक मिसाईल परीक्षण गरेको तीनदिनपछि दिनपछि उत्तरले शुक्रबार फेरि अर्को मिसाईल परीक्षण गरेको हो ।

 

उसले परीक्षण गरेको हाइपरसोनिक मिसाईलको वेग आवाजभन्दा पाँच गुणा छिटो बताइन्छ ।

 

 

शुक्रबार परीक्षण गरिएको नयाँ एन्टि–एयरक्राफ्ट मिसाईलमा नयाँ प्रविधि समेटिएको र बिरोधीको लडाकु विमानलाई सजिलै निशाना बनाउने दाबी गरिएको छ ।

 

 

 

कोरियाले आफ्नो आणविक होड र घातक हतियारको विकासलाई नरोक्न चाहेको उसका पछिल्ला परीक्षणले देखाएको छ । उत्तरको आणविक परीक्षणलाई लिएर अन्तर्राष्ट्रिय समुदायले प्योङयोङमाथि प्रतिवन्ध लगाएको छ ।

 

 

उत्तर कोरियाली नेता किम जोङ उनले दक्षिणसँगको वार्ताका लागि हटलाईन टेलिफोन सेवा सुरु गर्ने घोषणा गरेको भोलिपल्ट उत्तरले आणविक परीक्षण गरेको हो ।

 

 

उत्तरको शृंखलाबद्ध परीक्षणले कोरियाली प्रायद्वीपमा अस्थिरता र असुरक्षा निम्त्याएको अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिंकेनले बताए।

 

 

तर, उत्तरले आफ्नो सुरक्षाका लागि यस्ता हतियार परीक्षण गरेको बताउँदै अमेरिका र दक्षिण कोरियाले दोहोरो चरित्र देखाएको आरोप लगाउँदै आएको छ । एजेन्सी